१९ बर्षअघि बलात्कारपछि हत्या गरेर भागेका गौतमलाई ल्याइयो अमेरिकाबाटै पक्रेर नेपाल


प्रकाशित मिति : कार्तिक ६, २०७६ बुधबार

१९ वर्षअघि एक किशोरीमाथि सामूहिक बलात्कारपछि रुखमा झुन्डाएर हत्या गरेको अभियोगमा नेपाल प्रहरीले एकजनालाई अमेरिकामा पक्राृउ गरेर नेपाल ल्याएको छ । अमेरिकामा होमल्याण्ड सेक्युरिटीको सहयोगमा झापा स्थायी घर भएका ४२ वर्षीय लिलाराज गौतमलाई पक्राउ गरिएपछि नेपाल ल्याइएको छ ।

अन्तराष्ट्रिय अपराध प्रहरी संगठनइन्टरपोल र अमेरिकी प्रहरीको सहयोगमा उनलाई अमेरिकाबाट डिपोर्ट गराई नेपाल ल्याइएको हो । गौतमलाई इन्टरपोल शाखाका प्रहरीले बुधबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

गौतमसहित मनोज खड्का र सीताराम बस्नेत मिलेर २९ असोज २०५७ मा झापा चन्द्रगढी– ३ की सन्ध्या राजबंशीलाई सामूहिक बलात्कारपछि रुखमा झुन्डाएर हत्या गरेको प्रहरीले अभियोग लगाएको छ । घटना खुल्ने डरले युवतीले आत्महत्या गरेको देखाउन उनीहरुले झुन्डाएर हत्या गरेको प्रहरीको भनाई छ ।

त्यसयता फरार रहेका गौतम अमेरिकामा रहेको खुलेपछि नेपाल प्रहरीले उनीविरुद्ध इन्टरपोलमार्फत रेड नोटिस जारी गराएको थियो । सोहीअनुसार अमेरिकाको होमल्याण्ड सेक्युरिटीले उनलाई पक्राउ गरेको थियो ।

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com