अमेरिकामा एक किसानले फलाए ४१२ किलोको फर्सी, बनाए फर्सीको डुंगा


प्रकाशित मिति : कार्तिक ६, २०७६ बुधबार

अमेरिकामा एकजना किसानले ४१२ किलो अर्थात् ९१० पाउण्ड वजन भएको फर्सी फलाएका छन् । टेनेसीका जस्टिन ओनबी नामका ती किसानले १ हजार पाउण्ड बनाउने उद्देश्यका साथ उक्त फर्सीको रेखदेख गरेका थिए । तर फर्सी जम्मा ९१० पाउण्डको भएको थियो ।

जस्टिनले गतबर्ष टेनेसीमा फलेको १७ सय पाउण्डको फर्सीको बिउ ल्याएर रोपेका थिए । उनले फर्सीको जरामा दिनहु पानी हाल्नुका साथै तापबाट जोगाउन छोप्ने गर्थे । साथै किराबाट जोगाउन समेत उनी शर्तक थिए ।

जस्टिनले उक्त फर्सीको डुंगा बनाएर आफ्नो निजी पोखरीमा चलाएका छन् । अर्को बर्ष उनले १ हजार पाउण्डको फर्सी फलाउने योजना समेत बनाएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com