KHASOKHAS ON GOOGLE NEWS CoronaVirus Fact Checking CoronaVirus News Update CoronaVirus: Stories of Hope CoronaVirus Resource Center File UI or PUA Claim Donate to Khasokhas KHASOKHAS E-MAGAZINE

नेपालीलाई रोजगारमा आधारित पहिलो बाहेक सबै श्रेणीका ग्रिनकार्ड नोभेम्बरमा पनि करेन्ट

प्रकाशित मिति : कार्तिक ३, २०७६ आईतबार

रोजगारमा आधारित पहिलो श्रेणीको एक्स्ट्राअर्डिनरी बाहेक सबै श्रेणीका ग्रिनकार्डहरु नोभेम्बर महिनामा करेन्ट भएका छन् । अर्थात् रोजगारमा आधारित पहिलोबाहेक अन्य श्रेणीका ग्रिनकार्डका लागि नेपाली आवेदकले आई १४० सहित ग्रिनकार्ड आवेदन आई ४८५ पनि नोभेम्बरमा एकसाथ फाइल गर्न पाउने भएका छन् । तर चीन र भारतका नागरिकले भने यो सुविधा पाउने छैनन् ।

नोभेम्बर महिनाका लागि जारी गरिएको भिसा बुलेटिन अनुशार मास्टर्स डिग्री भएका पेशाकर्मीहरु वा असाधारण क्षमता भएकाका लागि रोजगारमा आधारित दोश्रो श्रेणीको ग्रिनकार्ड आवेदन नोभेम्बरमा करेन्ट भएको छ । उनीहरुले आई १४० र आई ४८५ आवेदन एकसाथ फाइल गर्नसमेत सक्नेछन् ।

त्यस्तै रोजगारमा आधारित तेश्रो श्रेणीका लागि दक्ष कामदार र चौथो श्रेणीका लागि विशेष आप्रवासीहरुका लागि पनि नोभेम्बरमा भिसा करेन्ट रहेको छ । यो श्रेणीका आवेदकले पनि नोभेम्बरमा आई ४८५ आवेदन दिन सक्नेछन् ।

एक्स्ट्राअर्डिनरी लगायत पहिलो श्रेणीको ग्रिनकार्डका लागि भने १ जुलाई २०१९ भन्दा अगाडि प्राथमिकता मिति भएका आवेदकलेमात्र नोभेम्बरमा आई ४८५ ग्रिनकार्ड फाइल गर्नसक्ने भिसा बुलेटिनमा उल्लेख छ ।

Loading...

भिडियो हेर्नुहोस्

KHASOKHAS TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar
© 2012-2020 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com