जनजाति प्रतिष्ठान खारेज हुन्न : प्रधानमन्त्री


प्रकाशित मिति : फाल्गुन १९, २०७३ बिहीबार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान खारेज नहुने बताउनुभएको छ ।

नेपाल आदिवासी जनजाति महासंघका प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले प्रतिष्ठान खारेजका विषयमा कुनै जानकारी नभएको र कतै त्यस्तो भएको रहेछ भने तत्काल त्यसो नगर्न निर्देशन दिने बताउनुभयो ।

सरकारले प्रतिष्ठान खारेज गर्न लागेको र त्यसका लागि प्रक्रिया अघि बढाएको भन्ने समाचार सार्वजनिक भएपछि आदिवासी जनजातिहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

प्रधानमन्त्रीले भने प्रतिष्ठान खारेज गर्ने भन्ने विषयमा कुनै जानकारी नभएको प्रतिक्रिया दिएपछि आदिवासी जनजातिहरु अचम्मित भएका छन् ।

अहिले प्रधानमन्त्रीको आश्वासनपछि आदिवासी जनजातिहरु प्रतिष्ठान खारेज नहुने कुरामा आशावादी समेत भएको तर सचेत भने रहनुपर्ने जनजाति महासंघका अध्यक्ष जगत बरामले बताउनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com