एक महिनामा मात्र वैदेशिक रोजगारीमा गएका २८ नेपाली अङ्गभङ्ग


प्रकाशित मिति : कार्तिक २, २०७६ शनिबार

वैदेशिक रोजगारीका लागि जाने नेपालीले जोखिमयुक्त काम गर्नुपर्ने बाध्यता छ । जसका कारण असोजमा मात्र २८ जनाको अङ्गभङ्ग भएको तथ्यांक छ ।

स्वदेशमा रोजगारीको पर्याप्त अवसर नहुँदा नेपाली युवाले विदेशी भूमिमा जोखिमपूर्ण काम गर्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् ।

झापाका सुमन गुरुङ, झापाका राम्रो कमाइ हुने भन्दै सात वर्षअघि साउदी अरब पुगे । त्यही सवारी दुर्घटनामा परेर घाइते भएका सुमन अहिले साउदी अरबमै उपचार गराउँदै छन् ।

विदेशी भूमिमा सुमन जस्तै घाइतेको संख्या धेरै छ । असोजको तथ्यांक मात्र हेर्दा पनि उनी जस्ता २८ जनाको अङभङ भएको छ । कतिपयको त उपचारका क्रममा वा दुर्घटनामा परी मृत्यु समेत हुने गरेको छ । सुमन आफ्नो पीडा यसरी सुनाउँछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालबाट दैनिक १५ सय वैदेशिक रोजगारीका शिलशिलामा विदेश जाने गरेका छन् । वैदेशिक रोजगार बोर्डको तथ्याङ अनुसार एक दशकको अवधिमा एक हजार २ सय ५२ युवा अङ्गभङ्ग भएर स्वदेश फर्र्केका छन् । कोही अझै पनि विदेशस्थित विभिन्न अस्पतालमा उपचाररत् छन् ।

विदेशका विभिन्न अस्पतालमा २७ नेपाली कोमामा पुगेको तथ्यांक छ । वैदेशिक रोजगारमा जादाँ त्यहाँको बारेमा उल्लेख्य जानकारी नहुँदा समस्या आउने गरेको बोर्ड बताउँछ । धेरै नेपाली कामदार मलेसिया, कतार, साउदी अरेबिया, दुबई जस्ता मुलुकमा जाने गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com