अमेरिका हिडेका ३२५ जना भारतीय मेक्सिकोबाटै डिपोर्ट, कैयन नेपाली डिपोर्टको प्रतिक्षामा


प्रकाशित मिति : कार्तिक १, २०७६ शुक्रबार

गैरकानुनी रुपमा सिमा पार गरेर अमेरिका प्रवेशका लागि हिडेका ३२५ जना भारतीयहरुलाई मेक्सिकन सरकारले मेक्सिकोबाटै डिपोर्ट गरेको छ । उनीहरुलाई बोइङ ७४७ ४०० विमान चार्टड गरेर मेक्सिकोको तोलुकाबाट दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर छाडिएको हो ।

विगतमा अमेरिकी सिमा प्रवेश गर्न खोज्दा अमेरिकी सिमा सुरक्षाकर्मीहरुले पक्राउ गरेर अमेरिकामा एसाइलमका लागि योग्य नभएको खण्डमा मात्र देशनिकाला गरिदै आएकोमा अब मेक्सिको र अमेरिकाबीचको सहमति अनुरुप मेक्सिकोमा नै पक्राउ गरेर डिपोर्ट गर्न थालिएको हो । उनीहरुलाई ६० जनाभन्दा धेरै मेक्सिकन सुरक्षाकर्मीहरुले शुक्रबार विहान दिल्ली ल्याएर छाडेका थिए ।

नेपाल सहित बंगालादेश, क्यामरुन र श्रीलंकाका कैयन कागजत्रपविहिनहरुलाई पनि मेक्सिकोमा पक्राउ गरेर राखिएको जनाइएको छ । उनीहरुलाई पनि मेक्सिकन सरकारले ट्राभल डकुमेन्ट तयार भइसकेपछि र संख्या पुगेपछि डिपोर्ट गर्ने तयारी गरेको छ ।

विगतमा ठूलो संख्यामा नेपालीहरु अमेरिकी सिमाक्षेत्रबाट गैरकानुनी रुपमा प्रवेश गर्दै आएपनि अब भने अमेरिका आइनपुग्दै बाटोमा पर्ने देशमा नै पक्राउ गरेर डिपोर्ट गर्न थालिएको छ । जेनतेन अमेरिकी सिमाक्षेत्रमा आइपुगेपनि बाटोमा पर्ने देशमा एसाइलम नगरेको र अस्वीकृत नभएको व्यक्तिलाई नयाँ नियम अनुशार अमेरिकामा एसाइलमका लागि अयोग्य सावित गरी देशनिकाला गर्न थालिएको छ ।

मेक्सिकन सरकारले अमेरिकी सरकारको दवावपछि आफ्नो सिमाक्षेत्रमा हजारौं सुरक्षाकर्मीहरु तैनाथ गरेको छ । उनीहरुले पक्राउ गरेका कागजपत्रविहिनलाई तीनचार घण्टाको बयान र प्रकृयापछि नै मेक्सिकन सरकारले देशनिकालाको प्रकृयामा राख्ने गरेको छ ।

शुक्रबार विहान दिल्लीमा ल्याएर छाडिएका भारतीयहरु अधिकांश पञ्जाबका रहेको जनाइएको छ । उनीहरु १८ लाखदेखि ४० लाखसम्म भारतीय रुपैया दलाललाई बुझाएर जंगलको बाटो हिडेर मेक्सिकोसम्म पुगेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com