Follow @khasokhasmag

राष्ट्रपति विद्यादेवी भण्डारीलाई स्वागत गर्न चप्पलमै देखिए म्यानमारका राष्ट्रपति


प्रकाशित मिति : आश्विन ३०, २०७६ बिहीबार

चारदिने राजकीय भ्रमणका लागि म्यानमार प्रस्थान गरेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई स्वागत गर्न त्यहाँका राष्ट्रपति विन मिन्ट चप्पल र धोती जस्तो देखिने पहिरनमा प्रस्तुत भएका छन् ।

नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र म्यानमारका राष्ट्रपति विन मिन्टसँगै देखिएको विभिन्न तस्वीरमा पनि राष्ट्रपति मिन्ट चप्पलमा देखिएका छन् । कूटनीतिक हिसाबमा नेपालमा भने विदेशी पाहुनालाई स्वागत गर्दा होस् या विदाइ गर्दा, फर्मल पहिरन लगाइने चलन छ । अझ त्यसमा जुत्ता त अनिवार्य नै छ ।

हालै चिनियाँ राष्ट्रपति शी चिन फिङ नेपाल भ्रमणमा आउँदा तुनावाला जुत्ता अनिवार्य गरिएको थियो । उनको भ्रमणको रिपोर्टिङ गर्ने पत्रकारहरूलाई समेत ड्रेस कोड लागू गरिएको थियो ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com