कानुन बनाउनेनै धमाधम झ्यालखानमा, पाँच जना सांसद निलम्बनमा
प्रकाशित मिति : आश्विन २९, २०७६ बुधबार

k|wfgdGqL cf]nL ;+;bdf k|ltlglw;efsf] gofF afg]Zj/l:yt ;+3Lo ;+;b ejgdf d+unaf/ a;]sf] a}7sdf k|wfgdGqL s]kL zdf{ cf]nL ljlgof]hg ljw]osdflysf] 5nkmndf ;fj{hlgs dxTjsf ljifodf af]Ng’x’Fbf pkl:yt ;f+;b . tl:a/ M /f]zg ;fksf]6f, /f;;
प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महरासहित पाँचजना सांसद पक्राउ परेका छन् । विभिन्न आरोपमा महरासहित पाँच सांसदलाई प्रहरीले नियन्त्रणमा लिएसँगै उनीहरु निलम्बनमा परेका छन् । २ सय ७५ सदस्य रहेको प्रतिनिधिसभामा एक सांसदको निधन र पाँचजना निलम्बनमा परेपछि सदस्य संख्या २ सय ६९ मा सीमित भएको छ ।
सांसदसमेत रहेका तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी फागुनमा निधन भएको थियो । यही मंसिर १४ गते त्यहाँ उपनिर्वाचन हुँदैछ