राष्ट्रपति सीसँगको बैठक ‘महान’ भयो : सभापति देउवा


प्रकाशित मिति : आश्विन २६, २०७६ आईतबार

चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । दुई दिने नेपाल भ्रमणमा रहनु भएका चिनियाँ राष्ट्रपति सी र सभापति देउवाबीच शनिबार साँझ भेटवार्ता भएको हो ।

चिनियाँ समकक्षी सीको सम्मानमा राष्ट्रपति भण्डारीले साँझ होटल सोल्टीमा रात्रीभोज दिनुभएकाे थियाे । त्यसअघि देउवाले राष्ट्रपति सीलाई भेट्नु भएकाे हाे ।

भेटवार्तामा चिनका राष्ट्रपति सीले नेपाली कांग्रेस पार्टी र चीनकाे ऐतिहासिक सम्बन्ध रहेको बताउनुभयाे । उहाँले चिनियाँ जनता पार्टीको शासनकालमा चीन-नेपाल सम्बन्धमा नेपाली कांग्रेसले योगदान दिएकाे बताउनुभयाे ।

भेटपछि ट्विट गर्दै सभापति देउवाले राष्ट्रपति सीसँगको बैठक ‘महान’ भएको बताएका बताउनु भएकाे छ । भेटका क्रममा वर्षौंदेखिको दुई पक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको बताउनु भएकाे छ । राष्ट्रपति सीको भेटले नेपाल-चीन सम्बन्ध नयाँ उचाइमा पुगेको पनि बताउनु भएकाे छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सभापति देउवाले व्यापार, उर्जा र पूर्वाधारका क्षेत्रहरूमा दुई देशले एक अर्काबाट ठूलो फाइदा लिनसक्ने उल्लेख गर्नुभएकाे छ ।

सभापति देउवाले नेपाली कांग्रेस लामो समयदेखि चिनियाँ कम्युनिस्ट पार्टीको साथमा रहेकोसमेत उल्लेख गरेका गर्नुभएकाे छ । देउवाले नेपाली पक्षले चीन नीतिलाई दृढतापूर्वक पालना गर्ने र  कुनै पनि सेनालाई नेपालमा चीनविरोधी विभाजनवादी गतिविधिमा संलग्न हुन नदिने बताउनुभयाे । देउवाले नेपाली कांग्रेसले सीपीसीसँग मैत्रीपूर्ण कुराकानी अगाडि बढाउन तयार रहेकाे पनि बताउनु भयाे ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com