अमेरिकामा दशैंको टिका सोमबार नै लगाउनुपर्ने


प्रकाशित मिति : आश्विन १९, २०७६ आईतबार

अमेरिकामा यसबर्षको दशैंको टिका सोमबार नै लगाउनुपर्ने भएको छ । न्युयोर्क समय अनुशार मंगलबार विहान सबेरै नै दशमी तीथि समाप्त हुने भएकाले सोमबार नै दशैंको टिका लगाउनुपर्ने न्युयोर्क निवासी पण्डित उद्धव शास्त्रीले जानकारी दिनुभएको छ ।

सधैको दशैंमा यस्तो अवस्था नआउने र नेपालमा दशैंको तीथि मंगलबार साँझ समाप्त हुने भएकाले सोही अनुशार गणना गर्दा अमेरिकामा दशैंको टिका सोमबार नै लगाउनुपर्ने अवस्था आएको शास्त्रीले बताउनुभयो । न्युयोर्कमा मंगलबार दशैंको टिका लगाएमा त्यो एकादशीको दिन पर्ने उहाँको भनाई छ ।

नेपालमा दशमी तीथि सोमबार बेलुकादेखि सुरु हुनेछ । र मंगलबार साँझ सम्म कायम रहनेछ । न्युयोर्कमा स्थानीय समय अनुशार सोमबार विहान ११ बजेर २१ मिनेट जाँदा दशैंको टिका लगाउने शुभ साइत रहेको शास्त्रीले जानकारी दिनुभयो । टेक्सास वा क्यालिफोर्नियामा त्यही सयमको गणना गरेर दशैंको टिका लगाउन सकिनेछ ।

यस्तै अन्तराष्ट्रिय पञ्चाङग निर्णायक समितिले पनि विभिन्न देशहरुमा बस्ने नेपालीहरुले कति बेला टिका लगाउने भन्ने बारे आफ्नो निर्णय सार्वजनिक गरेको छ ।

भारत अमेरिका बेलायत अस्ट्रेलिया आदि देशमा कति बजे टिकाको उत्तम साइत छ भन्ने जिज्ञासा मेट्न समितिले बैठक नै बसेर शुभसाइतको समयको निर्णय गरेको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com