चिनियाँ राष्ट्रपतिको स्वागतमा यसरी सिँगारिँदै छ काठमाडौँ


प्रकाशित मिति : आश्विन १९, २०७६ आईतबार

दशैँको बिदामा राजधानी काठमाडौँका सडक सुनसान प्रायः छन् । अरु बेला भीडभाडले आवागमनमा असर पर्ने उपत्यकाको सडकमा अहिले असाध्यै कम सवारी गुडिरहेका छन् ।

चीनका राष्ट्रपति सी चिनफिङले यही असोज अन्तिम साता गर्ने राजकीय भ्रमणको तयारीका क्रममा काठमाडौँ सजाइँदै । तस्वीर : नवीन पौडेल

निजी सवारीसाधन अलिक बढी चलेका भए पनि सार्वजनिक सवारीसाधन कम चल्दा राजधानीले थकाइ मारेजस्तो देखिन्छ । दशैँले सबैलाई छोपे पनि केहीलाई भने दशैँभन्दा अरु नै महत्वपूर्ण कामले फुर्सद दिएको छैन । राजधानीका सडक सिँगार्ने, नयाँ बिरुवा रोप्ने, सडकका किनारमा लगाइएका बिरुवा काँटछाँट र गोडेमेल चलिरहेको छ । लाग्छ, उनीहरुलाई दशैँको छुट्टीको कुनै परवाह छैन ।

चीनका राष्ट्रपति सी चिनफिङले यही असोज अन्तिम साता गर्ने राजकिय भ्रमणको तयारीका क्रममा काठमाडौँ सजाइँदै । तस्वीर : नवीन पौडेल

राजधानीको मुटुमा रहेको तीनकुनेलाई नयाँ आकार दिन रामचन्द्र बस्नेत र उहाँको समूह लागिपरेको छ । कल्की, पाम, धुपीका बिरुवा रोपिएका छन् । विभिन्न प्रजातिका फूल रोपिएको छ । काठमाडौँ महानगरका कर्मचारी पनि उत्तिकै मेहनत गरिरहेका छन् । कोही ढुङ्गा मिलाइरहेका छन् भने कोही बिरुवा रोपिरहेका छन् । “त्यो बिरुवा अलिक ठाडो बनाएर रोप्नु प¥यो”, दुबोको चपरी मिलाइरहेका एक कामदारले आफ्ना सहकर्मीलाई भने, “सबै बिरुवा र फूल मिलाएर रोप्नुपर्छ के ? अनि पो राम्रो हुन्छ त ।”

चीनका राष्ट्रपति असोज अन्तिम साता गर्ने राजकिय भ्रमणको तयारीका क्रममा काठमाडौँको तिनकुनेमा विरुवा रोपिँदै । तस्वीर : नवीन पौडेल

काठमाडौँ महानगरपालिकाको बा १ ग ३३९९ नम्बरको ट्याकङ्र उनीहरुको अगाडि रोकियो । भर्खरै टाँसिएको दुबोको चपरीमा पानी सिञ्चन गर्न थाल्यो । “अलिक मिलाएर है, अलिक मिलाएर, ट्याङ्करका चालकले पानी सिञ्जन गर्न लाग्दै गर्दा अर्का कामदारले भने, राम्रो हुनुपर्छ, पानी हाल्दा बिरुवा ढल्केलान् नि ! आफ्नै छोराछोरीजस्तै माया लाग्छन् यी बिरुवाका पनि”, परिचय दिनभन्दा आफ्नै काममा व्यस्त देखिए ती कामदार ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चीनका राष्ट्रपति असोज अन्तिम साता गर्ने राजकिय भ्रमणको तयारीका क्रममा काठमाडौँको तिनकुनेमा विरुवा रोपिँदै । तस्वीर : नवीन पौडेल

तीनकुनेको खाली जग्गालाई बगैँचा बनाउन शिवपुरी नर्सरीका बस्नेत र उहाँको आठ जनाको समूह खटिएको छ । “सात हजार चपरी त लाग्ला कि ?”, उहाँले भन्नुभयो, “कूल छ हजार चपरी लाग्ने अनुमान भए पनि मिलाएर लाग्दा थप एक हजार बढी लाग्ने देखिएको छ ।”

काठमाडौँको तिनकुनेमा विरुवा रोपिँदै । तस्वीर : नवीन पौडेल

दुबोको चपरी राख्न नेपाली सेनाका जवान पनि खटिएका छन् । महानगरका कर्मचारी, दैनिक ज्यालादारीमा ल्याइएका कामदार पनि छन् । “चाडबाडको मौकामा कामदार पाउन गाह्रो छ, तर यो जसरी भए पनि पूरा गर्नैपर्ने छ”, बिरुवा रोपिरहेका एक मजदूरले टाउको ठाडो नपारिकन नै भने ।

काठमाडौँको तिनकुनेमा विरुवा रोपिँदै ।

चिनियाँ राष्ट्रपति सि चिनफिङको यही असोज अन्तिम साता हुने भ्रमणको पूर्वसन्ध्यामा काठमाडौँका सडक तथा विभिन्न क्षेत्र फूलका बिरुवा रोपेर सिँगार्न पाउँदा आफूलाई पनि खुशी लागेको बस्नेतको भनाइ छ । “दैनिक रु दुई हजारमा पनि कामदार पाउन गाह्रो छ । काम धेरै भए पनि दशैँको टीकाको भोलिपल्टसम्म त सकिएला कि ?”, बस्नेतले अनुमान गर्नुभयो । शिवपुरी नर्सरी सञ्चालन गर्दै आउनुभएका बस्नेतले चाडबाडको समयमा पनि राज्यले दिएको काम गर्न पाउँदा आफूलाई खुशी लागेको बताउनुभयो ।

फोहरमैला र अतिक्रमणले खण्डहर जस्तै बनेको तीनकुने पार्कले नयाँ जीवन पाउँदैछ । काठमाडौँ महानगरको संयोजनमा नितान्त नयाँ बन्दै गएको सो पार्कलाई थप स्थायित्व दिए राम्रो हुने स्थानीयको भनाइ छ । करीब दुई दशकपछि नेपाल भ्रमणमा आउन लाग्नुभएका चिनियाँ राष्ट्रपतिको स्वागतमा कुनै कमी कमजोरी नहोस् भनेर सबै खटेका छन् । विश्वमा नै भौतिक पूर्वाधारको विकासमा चमत्कार नै गरेको छिमेकी राष्ट्रका राष्ट्रप्रमुखको नेपाल भ्रमणलाई केन्द्रमा राखेर भइरहेका यावत तयारी हेर्दा लाग्छ, राजधानीलाई सधँैले होइन कामले छापेको छ ।

सडक कालोपत्रे गर्र्ने, ट्राफिक सङ्केत निर्माण गर्नेदेखि नयाँ राख्ने तथा सडक आसपास बोटबिरुवा रोप्ने काम धमाधम भइरहेको छ । काठमाडौँको तीनकुने पार्क क्षेत्रमा दुबो रोपेर सुन्दर बनाउन थालिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि राजधानीको मुख्य शहर क्षेत्रमा यसरी सजावटको काम भइरहेको छ ।

यस्तै काठमाडौँको न्यूरोडमा फूलका बिरुवा रोपेर पानीका फोहरा निर्माणको कामसमेत चलिरहेको छ । धुलो भएको क्षेत्रमा बढार्ने र रङरोगनको काम तीव्र पारिएको छ । मजदूरहरु दशैँ नभनी माइतीघर मण्डलालाई सजाउन व्यस्त भएका छन् । मण्डलामा पनि विभिन्न प्रकारका रङको संयोजन गरिएको छ । नगर सजावटको काम भने काठमाडौँ महानगरपालिकाले लिएको छ । टीकाको भोलिपल्ट सम्ममा बोटबिरुवा रोप्ने काम सक्ने योजना रहेको तीनकुनेमा फूल रोप्दै गरेका एक मजदुरले जानकारी दिनुभयो । सजावटमा नेपाली सेना, नेपाल प्रहरी र काठमाडौँ महानगरपालिकाका कर्मचारीहरु खटिएका छन् ।

विगतमा पनि अन्तर्राष्ट्रिय विशिष्ट व्यक्तिहरु नेपाल आउँदा यसैगरी सिङ्गार्ने गरिएको थियो । सडक पुल निर्माणाधीन क्षेत्रमा नेपालका प्राकृतिक सम्पदा तथा धार्मिक र पर्यटकीय क्षेत्रका सुन्दर ठाउँलाई ‘फ्लेस प्रिन्ट’ गरी ‘वाल’ बनाएर सजाइएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा, से फोक्सुन्डो ताल, विपी राजमार्ग, स्वयम्भूनाथ, पशुपतिनाथका ठूला ठूला तस्विर राखिएका छन् । सडक विभागले नियमितरूपमा नै गर्दै आइरहेको कालोपत्रे गर्ने कामसमेत गरिरहेको छ ।

चिनियाँ राष्ट्रपति सिको भ्रमणका लागि सरकारले तयारी थालेको छ । सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा बस्न भनिएको छ भने सरकारी कर्मचारीलाई पनि आवश्यक पर्दा उपस्थित हुन भनिएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक विश्वराज पोखरेलले उच्चस्तरका विदेशी पाहुन आउने भएमा सोहीअनुसारको सुरक्षा दिने गरी तयारीमा रहेको जानकारी दिनुभयो ।

यस्तै नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले पनि आआफ्नो क्षेत्रको तयारी गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि राससलगायत अन्य सरकारी सञ्चारमाध्यमसँगको अन्तरवार्ताका क्रममा चिनियाँ राष्ट्रपतिको भ्रमण आपसी सम्बन्ध र सद्भाव वृद्धि गर्नमै केन्द्रित हुने बताउनुभएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com