यसरी सभामुख निवास बालुवाटारबाट पक्राउ गरियो महरालाई


प्रकाशित मिति : आश्विन १९, २०७६ आईतबार

पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । सभामुख निवास बालुवाटारबाट उनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनलाई उनकै बा १८ च ४०० नम्बरको निजी गाडीमा हालेर लगेको जनाइएको छ ।

काठमाडौं जिल्ला अदालतले महरालाई पक्राउ गर्ने अनुमती दिएपछि उनको निवासमा प्रहरी पुगेको थियो । आइतबार साँझ सभामुख निवास बालुवाटारबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।

संघीय संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले बलात्कार प्रयास गरेको भन्दै शनिबार बानेश्वर प्रहरी वृत्तमा किटानी जाहेरी दिएपछि महरालाई पक्राउ गर्न आइतबार जिल्ला अदालतले अनुमती दिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com