९० हजारभन्दा बढी नगदसहित आठ जुवाडे पक्राउ


प्रकाशित मिति : आश्विन १९, २०७६ आईतबार

दशैँको अवसरमा जुवातास खेलिरहेका आठ जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ ।

गएराति करीब १२ बजे इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बैजनाथ गाउँपालिका वडा नं ४ बाट जुवाडेलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, उनीहरुलाई जुवाखालसहित रु ९० हजारभन्दा बढी रकमसहित पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ ।

चाडपर्वलाई लक्षित गर्दै इलाका प्रहरी कार्यालय कोहलपुरले आपराधिक गतिविधि नियन्त्रण गर्नतर्फ लागेको प्रहरी नायब उपरीक्षक शाहीले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com