सुनसान हुँदै काठमाडौँ ः आज सबैभन्दा बढी तीन लाख ४५ हजार यात्रु बाहिरिए


प्रकाशित मिति : आश्विन १८, २०७६ शनिबार

– नारायण ढुङ्गाना
दशैँ मनाउन सर्वसाधारणहरु घरघर गएकाले काठमाडौँ उपत्यका आजबाट सुनसानजस्तै देखिन थालेको छ । उपत्यकामा मानिसहरुको चहलपहल न्यून बन्दै गएको छ भने सवारी साधनसमेत पातलिएका छन् । अघिपछि सवारी जाम हुने यहाँको विभिन्न चोकहरुमा आज रोकिनु नपरेको महानगरीय ट्राफिक प्रहरी महशाखाले जनाएको छ । सीमित मात्रामा भाडाका र निजी गाडी तथा मोटरसाइकल चलेका थिए । सवारी कम भएकाले आज दिउँसो कार्यस्थलमा खटिएका ट्राफिक प्रहरीहरु फुर्सदिला देखिएका थिए ।

कलङ्की, कोटेश्वर तथा न्यूरोडलगायत व्यापारिक क्षेत्रहरुमा अझै केही भीडभाड रहेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । सो क्षेत्रमा सवारी व्यवस्थापनका लागि ट्राफिक प्रहरी खटाइएको उहाँले बताउनुभयो । प्रहरीका अनुसार आइतबार अष्टमीदेखि भने काठमाडौँको सवारी र मानवीय चहलपहल थप सुनसान हुनेछ । आजदेखि सार्वजनिक बिदा भएकाले आज धेरै सवारी र यात्रुहरु राजधानी बाहिरिएका छन् ।

महाशाखाले दिएको तथ्याङ्कअनुसार आज मात्रै तीन लाख ४५ हजार मानिस राजधानीबाट बाहिरिएका छन् । दशैँ मनाउन आज सबैभन्दा बढी यात्रु राजधानी बाहिरिएको महाशाखाले जनाएको छ । यसअघि शुक्रबार र शनिबार क्रमश दुई लाख १५ हजार र दुई लाख ४० हजार यात्रु राजधानीबाट बाहिरिएका थिए । प्रहरीका अनुसार अहिलेसम्म राजधानीबाट दशैँ मान्नका लागि करीब २० लाख मानिस बाहिरिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

असोजको दोस्रो साता यातायातका साधन बिग्रिएकाले नागढुङ्गा–नौबिसे सडकको यातायत आवागमनमा केही दिन समस्या देखिएपछि तत्काल समाधान गरी यातायात सहज बनाइएको र अन्य क्षेत्रमा यसपालि ठूलो समस्या नदेखिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो ।

पोखरेलले यसपालि विगतको भन्दा शान्ति सुरक्षा प्रभावकारी भएको उल्लेख गर्दै अप्रिय र जघन्य घटना नभएको जानकारी दिनुभयो । उहाँका अनुसार दशैँको अवसरमा शान्ति सुरक्षाका लागि देशभरका आठ हजार ५०० स्थानमा ४३ हजार प्रहरी परिचालन गरिएको छ । प्रहरीले निगरानी बढाउँदाबढाउँदै पनि यातायातमा भने तोकिएभन्दा दोब्बर बढीसम्म भाडा असुल्ने गरेको पाइएको थियोे । तर प्रहरीले निगरानी बढाएकाले विगतमा जस्तो समस्या नदेखिएको भन्दै प्रवक्ता पोखरेलले अहिलेसम्म भाडा बढी लिने ३५० गाडीलाई कारवाही गरिएको जानकारी दिनुभयो ।

प्रहरीले उपत्यकाबाट घर छाड्नेलाई छिमेकी तथा प्रहरीलाई खबर गर्न आग्रह गरेको छ । अहिलेसम्म दुई÷तीन सयले मौखिकरुपमा घर छाडेको जानकारी दिएकाले सो क्षेत्रमा प्रहरीको मोबाइल गस्तीमार्फत निगरानी भइरहेको महानगरीय प्रहरी परिसर काठमडौँका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

उपत्यकाको सवारी व्यवस्थापन गर्न ट्राफिक प्रहरीले ३६८ स्थानमा सवारी जाँच गरिरहेको छ । यसअघि ७५० ट्राफिक प्रहरी खटिएकामा अहिले ४३० प्रहरी थप खटाइएको र बसपार्क तथा विभिन्न नाकाका १५ स्थानमा विशेष जाँच भइरहेको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रविराज पौडेलले जानकारी दिनुभयो ।

ट्राफिक सचेतना, जानकारी र व्यवस्थापनका लागि स्वयंसेवक र कलाकारहरुले समेत आ–आफ्नो ठाउँबाट सहयोग गरिरहेको महाशाखाले जनाएको छ । यसपटक झण्डै ५०० स्वयंसेवक उपत्यकामा ट्राफिक व्यवस्थापनमा खटिएका छन् ।

प्रहरीले यही असोज ५ गतेदेखि चाडपर्व केन्द्रित विशेष सुरक्षा योजना लागू गरेको थियो । प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रमकै कारण यसपटक शान्ति सुरक्षा सवल भएको जिकिर गरेको छ ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com