देशनिकालाको आदेश पाएका र स्टेटस गुमाएका नेपालीलाई निशुल्क परामर्श


प्रकाशित मिति : फाल्गुन १५, २०७३ आईतबार

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी अन्तरगत इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले नयाँ नीति निर्देशिका जारी गर्दै अमेरिकाभित्र रहेका तर आफ्नो कानुनी स्टेटस गुमाएकाहरुलाई देशनिकालाको प्राथमिकतामा राखेको छ ।

त्यसको अर्थ यदि तपाईले इमिग्रेशन अदालतबाट मुद्दा हारिसक्नुभएको छ र देशनिकालाको आदेश पाएका वा कुनै प्रकारले तपाई कानुनी हैसियत गुमाएका व्यक्ति पक्राउ र देशनिकालाका लागि प्राथमिकतामा परेकय छन् ।

नयाँ नीति र प्रशासन अनुशार देशनिकालाको आदेश पाएका र ओभरस्टे भएकाहरुलाई आइसले खोज्न सक्छ । यो ओबामा प्रशासनको नीतिमा ब्यापक परिवर्तन हो ।

नयाँ नीति आएसँगै मुनगोभन एण्ड एसोसिएट्स पीसीले देशनिकालाको आदेश वाएका वा आउट अफ स्टेटस भएका अमेरिकामा रहेका नेपालीहरुलाई निशुल्क परामर्शको सुविधा घोषणा गरेको छ ।

यदि कसैले अध्यागमन अदालतमा मुद्दा हारेकये भएमा वा देशनिकालाको आदेश पाएको भएमा मुनगोभन एण्ड एसोसिएट्स पीसीले भेटेर निशुल्क परामर्श दिने भएको छ । वर्तमान अवस्थामा अमेरिकाबाट देशनिकाला हुनबाट बच्ने र कुनै पनि सुविधाको लागि योग्य हुने उपायबारे छलफल गरिने मुनगोभन एण्ड एसोसिएट्स पीसीले जनाएको छ ।

निशुल्क परामर्श लिन चाहनेहरुले मुनगोभन एण्ड एसोसिएट्समा एटर्नी एट ल थोमस मुनगोभनलाई भेट्न सक्नेछन् । न्युयोर्ककये १३१ भेरिक स्ट्रीट सुइट १०१८ र १०२३ मा पुगेर वा २१२ २२९ ९५२९ र ९१७ ५७३ ८७१४ मा फोन गरेर थोमन मुनगोभनलाई भेट्न सकिन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com