Follow @khasokhasmag

दुई दशकदेखि भागेर घना जंगलमा बसेका कैदी पक्राउ


प्रकाशित मिति : आश्विन १४, २०७६ मंगलबार

एजेन्सी/चीनको योङ्गशान प्रहरीले १७ वर्षदेखि गुफामा लुक्दै आएका कैदीलाई पक्राउ गरेको छ । उनलाई ड्रोनको सहायताले एक घना जंगलबाट पक्राउ गरेको समाचारमा जनाइएको छ ।

६३ वर्षीय भगौडे कैदी सोङ्ग जियाङ्ग जंगलमा लुक्दै आएको प्रहरीलाई खबर आएसँगै खोजी कार्य सुरू भएको थियो । उनी युन्नानको जंगलमा रहेको खबर बाहिर आएको थियो ।
प्रहरीले खोजी कार्य गर्दा फेला नपारेपछि ड्रोनको प्रयोग गरिएको थियो । पछि उनी बसेको ठाउँ पत्ता लगाएपछि पक्राउ गरिएको समाचारमा जनाइएको छ ।

कैदी सोङ्ग घना जंगलबीच एक गुफामा लुक्दै आएका थिए । जुन ठाउँमा कोही जान सक्ने अवस्था थिएन । पुलिसका अनुसार कैदी सोङ्गले लामो समयदेखि नुहाएको समेत थिएन । १७ वर्षसम्म जंगलमा बसेकाले प्रहरीले उनलाई चिन्न सकेका थिएनन् । पछि कुरा गर्दै जाँदा पहिचान भएको थियो ।

सोङ्गले महिला र बच्चाको तस्करी गरेकाले चिनियाँ अदालतले सजाय सुनाएको थियो । तर उनी जेलबाट सन् २००२ मा भागेका थिए ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com