२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026
अन्तर्राष्ट्रिय

राजाका अंगरक्षकको हत्या

साउदी राजा सलमानका अंगरक्षकलाई उनकै एक साथीले गोली हानेर हत्या गरिदिएका छन् । आपसी विवादपछि जनरल अब्देल अजिज अल फागमहालाई आफ्नै साथी ममदोह बिन मेसल अल अलीले शनिबार साँझ गोली हानेको प्रहरीले जनाएको छ ।

फागमहाको अस्पतालमा लैजाने क्रममा मृत्यु भएको हो । अलीको घरमा पुगेका फागमहाको सामान्य विवादपछि हत्या भएको थियो । अलीले आफ्नो घरबाहिरबाट गोली ल्याएर राजाका अंगरक्षकको हत्या गरेका थिए ।

आक्रमणकारीको प्रहरी कारबाहीमा मृत्यु भएको छ । गोली आक्रमणमा अन्य सातजना घाइते भएका छन् । घाइते हुनेमा पाँच सुरक्षाकर्मी र दुई सर्वसाधारण छन् । जनरल फागमहा साउदीमाझ लोकप्रिय थिए । उनी तत्कालीन राजा अब्दुलाहका पनि निजी अंगरक्षक थिए । सामाजिक सञ्जालमा उनलाई ‘नायक’ र ‘एन्जिल’ भन्दै धेरैले प्रशंसा गरेका छन् ।

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →