प्रदेशले मात्र स्थानीय तहको चुनाव गराउँछः यादव

प्रकाशित मिति : फाल्गुन १५, २०७३ आईतबार

सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तोकिएको समयमा स्थानीय तहको चुनाव हुन नसक्ने बताउनुभएको छ ।

“सरकारले पहिला प्रदेशको चुनाव गराउनुपर्छ, प्रदेशले मात्र स्थानीय तहको चुनाव गराउने हो,” सङ्घीय प्रेस फोरमले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले प्रदेशले पाएको अधिकार खोसेर सरकार उल्टो दिशातर्फ हिँड्न खोजेको आरोप लगाउनुभयो ।

अध्यक्ष यादवले सरकारले स्थानीय तहको निर्वाचन जबर्जस्ती गर्न खोज्यो भने सङ्घीयता धरापमा पर्ने चेतावनी पनि दिनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार गठनका बेला संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग गरेको तीनबुँदे सहमति कार्यान्वयन नगरेको आरोप लगाउँदै ‘सहमति कार्यान्वयनमा चासो नदेखाइएका’ कारण सरकारलाई मोर्चाले दिँदै आएको समर्थन फिर्ता लिने प्रक्रिया अघि बढाइने छ भन्नुभयो । रासस

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved. Namaste International Media Group (worldwide) and Namaste Media Inc (USA)
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com