दुर्गा मूर्तिमा सामान तस्करी !


प्रकाशित मिति : आश्विन १३, २०७६ सोमबार

भगवतीको मूर्तिमा लुकाई छिपाई नेपाल ल्याउँदै गरेको लाखौँ रुपैयाँको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ । नेपालगञ्ज भन्सारमा जाँचका क्रममा सशस्त्र प्रहरीले दशैँका लागि भारतबाट नेपाल ल्याउँदै गरेका दुर्गाको मूर्ति बोकेको ट्र्याक्टरबाट लाखौँ मूल्यका सामान बरामद गरेको हो ।

दुर्गाको मूर्तिसँगै तस्करी गरिल्याएको सामान सशस्त्रले बरामद गरेपछि तस्करको नयाँ शैलीबारे थाहा भएको हो । दशैँको पहिलो दिन भारतको रुपैडिहा लगायतका विभिन्न स्थानबाट नेपाल ल्याइँदै गरेका दुर्गाको मूर्तिमा लुकाई छिपाई सामान तस्करी भइरहेको जानकारी पाएपछि सशस्त्र प्रहरीले आइतबार जाँचका क्रममा सामान बरामद गरेको हो । सशस्त्र प्रहरी भन्सार सुरक्षा पोष्टका अनुसार राजश्व छलेर दुर्गाको मूर्ति बोकेको ट्र्याक्टरमा घर निर्माणको सामग्रसहित चिनी, डाल्डा घीउ, चामल, तेललगायत सामान बरामद गरिएको हो । बरामद गरेका ती सामानको मूल्य रु नौ लाख ५० हजार रहेको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले बताउनुभयो ।
–––

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com