काङ्ग्रेस एकढिक्का भए कसैले हराउन सक्दैनः महामन्त्री कोइराला


प्रकाशित मिति : आश्विन १२, २०७६ आईतबार

नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले काङ्ग्रेस एकढिक्का भए आगामी निर्वाचनमा कसैले हराउन नसक्ने बताउनुभएको छ ।

नेपाली काङ्ग्रेस नुवाकोटको विदुर, बेलकोटगढी, ककनी–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम’मा उहाँले काङ्ग्रेस एकढिक्का भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । “काङ्ग्रेस गुटरहित र एकढिक्का भए अर्को निर्वाचनमा कसैले हराउन सक्दैन”, उहाँले भन्नुभयो । महामन्त्री कोइरालाले वर्तमान सरकारले मुलुकलाई सङ्कटमा पार्न खोजेको आरोप लगाउनुभयो ।

काङ्ग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले वर्तमान सरकारले नागरिक स्वतन्त्रतालाई हनन गर्न खोजेको बताउनुभयो । “ज्ञानेन्द्र शाही नागरिक हुन्, उनको जुनसुकै ठाउँमा हिँड्ने र बोल्ने अधिकार सरकारले कुण्ठित गरेको छ”, उहाँले भन्नुभयो । वर्तमान सरकारले जनताको हितमा काम गर्न नसकेको उहाँको आरोप थियो ।

काङ्ग्रेस केन्द्रीय सदस्य डा रामशरण महतले वर्तमान सरकारले संविधानको भावना र मर्मअनुसार काम गर्न नसकेको बताउनुभयो । ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई सरकारले पूरा गर्न नसकेको उहाँको भनाइ थियो । काङ्ग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले दुई चरणको जागरण अभियानले पार्टी कार्यकर्तामा ऊर्जा थपिए पनि गुटउपगुट अन्त्य भएमात्र पार्टी बलियो हुने बताउनुभयो ।
–––

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com