सुनको भाउ घट्यो


प्रकाशित मिति : आश्विन १२, २०७६ आईतबार

लगातार नेपाली बजारमा उच्च अङ्कले मूल्य वृद्धि हुँदै आएको सुनको भाउ आज भने ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ७० हजार २०० मा कारोबार भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला रु ७० हजार ८०० मा कारोबार भएको थियो । शुक्रबारको तुलनामा आज प्रतितोला रु ६०० ले घटेको छ ।

यस्तै तेजाबी सुन शुक्रबार प्रतितोला रु ७० हजार ५०० मा कारोबार भएकोमा आज भने प्रतितोला रु ६९ हजार ९०० मा कारोबार भएको छ । तेजाबी सुन पनि प्रतितोला रु ६०० ले घटेको हो ।

अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्यमा ओरालो लागेको कारण त्यसको प्रभाव नेपाली बजारमा परेको हो । यस्तै चाँदी पनि शुक्रबारको तुलनामा रु १५ ले घटेर प्रतितोला रु ८४५ मा कारोबार भएको छ ।
–––

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com