शिकागोमा भ्रमण बर्ष प्रवर्धनात्मक कार्यक्रम हुने


प्रकाशित मिति : आश्विन १०, २०७६ शुक्रबार

नेपाल भ्रमण बर्ष २०२० नजिकिदै गर्दा देश विदेशमा कार्यक्रमहरु आयोजना भैरहेका छन् यसैक्रममा एसोसिएसन अफ नेप्लिज इन मिडवेष्ट (एन्मा) को आयोजनामा सेप्टेम्बर २९ तारिख शिकागोमा पर्यटन प्रवर्धन बिशेष कार्यक्रम हुने भएको छ ।  मिचिगन एभेन्यूको होटल हिल्टनमा हुने कार्यक्रमको नेपालका परराष्ट्रमन्त्रि प्रदिपकुमार ज्ञावलीले उद्घाटन गर्नुहुनेछ ।
कार्यक्रममा नेपाल भ्रमण बर्ष सफल बनाउन प्रवासका नेपाली र नेपाली संस्थाहरुको कस्तो भूमिका रहन्छ भन्ने बारेमा छपलफल हुनेछ । त्यसैगरि नेपाल सरकारसंग समन्वय गरि भ्रमण बर्षभरि नै विभिन्न प्रचारात्मक अभियान संचालन गर्न बारेमा पनि छलफल हुनेछ । एन्माले नेपाल सरकारसंग समन्वय गरि भ्रमण बर्ष सफल बनाउन सहयोग गर्ने उदेश्यका साथ संस्थाका बरिष्ठ उपाध्यक्ष तथा गैर आवासीय नेपाली संघ, अमेरिकाका बोर्ड अफ डाइरेक्टर तिलक केसीको अध्यक्षतामा एक समिति गठन गरेको छ जसमा संस्थाका अध्यक्ष बलराम पन्थी संरक्षक र पुर्वअध्यक्ष तथा नेपाल सरकारका पर्यटन प्रतिनीधि बाला धिमिरे प्रमुख सल्लाहकार हुनुहुन्छ । सदस्य सचिवमा संस्थाका महासचिव दिवाकर दहाल हुनुहुन्छ । समितिले पर्यटन मन्त्रालयसंग समन्वय गरि बर्षभरि आयोजना गरिने कार्यक्रमको क्यालेन्डर निर्माण गर्ने, स्थानिय नेपाली तथा अमेरिकन संस्थाहरुसंग सहकार्य गरि विभिन्न अभियान संचालन गर्ने, मुलधारका पर्यटन व्यवसायी, उद्यमी, समाजसेवी र राजनीतिक संस्थाहरुसंग अन्तर्कृया गर्ने योजना बनाएको अध्यक्ष केसीले बताउनु भयो । “भ्रमण बर्ष सम्पुर्ण नेपालीको प्रतिष्ठाको बिषय हो यसलाइ सफल पार्न हाम्रो दायित्व ठानेर काम गरिरहेका छौँ,’ वहाँले भन्नुभयो । सल्लाहकार बाला धिमिरेले नेपाल प्रवर्धनमा अमेरिका आएदेखि नै सक्रिय रहेको भएता पनि भ्रमण बर्ष सफल बनाउन आफुहरु विशेष कार्यक्रमका साथ अघिबढेको जानकारि दिनुभयो । “अमेरिकाबाट जाने पर्यटकको संख्या उल्लेख्य मात्रमा बढाउन सके हाम्रो सार्थकता रहन्छ, म त्यसमा केन्द्रित छु, ” वहाँले भन्नुभयो ।
परराष्ट्रमन्त्रि ज्ञावलीले सोहि दिन एन्माकै सहआयोजनामा ब्रेन गेन इनिसियटिभको पनि उद्घाटन गर्न कार्यक्रम रहेको छ । नेपाल सरकार परराष्ट्र मन्त्रालयले विदेशमा रहेका दक्ष नेपालीको सिप र क्षमतालाइ नेपालको हितमा उपयोग गर्न सकियोस भनेर स्थापना गरेको ब्रेन गेन सेन्टरको अमेरिकाको पहिलो औपचारिक कार्यशाला हुनाले त्यसको ठुलो महत्व रहेको सेन्टरका अमेरिका संयोजक प्राध्यापक केशब भट्राइले जानकारि दिनुभयो । “हामीले यहाँ सिकेका कुराहरु नेपालको प्रगतिमा सहायक हुनसकोस र समृद्ध नेपाल निमार्णमा हामीले पनि यथाशक्य योगदान दिन सकौँ भन्ने उदेश्य हो,” वहाँले भन्नुभयो । कार्यक्रममा अमेरिकाभरबाट विभिन्न बिषय विज्ञहरुको सहभागिता रहने छ जसले परराष्ट्रमन्त्रिसंग प्रत्यक्ष अन्तर्कृया गर्नेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com