रिजवुड दुर्गा मन्दिरमा दशैंको भव्य तयारी


प्रकाशित मिति : आश्विन १०, २०७६ शुक्रबार

न्युयोर्क/

हिन्दु धर्मावलम्बीको महान चाड बडा दशैँ अमेरिकाको न्युयोर्कमा पनि मनाउने तयारी गरिएको छ । रिजवुड स्थित दुर्गा मन्दिरमा पर्वको तयारी भव्य रुपमा भैरहेको छ । बडा दशैँ, दुर्गा पुजा र नवरात्री भव्यताका साथ मनाउन लागिएको दुर्गा मन्दिरका पुजारी हरी नारायण सापकोटाले जानकारी दिए ।

नेपाल मात्र नभई भारत, बांगलादेश लगायत अन्य मुलुकका हिन्दु धर्मावलम्बीहरु पनि दुर्गा पुजामा सरिक हुने गरेको उनले बताए ।

आश्विन महिनाको शुक्ल प्रतिपदा का दिनदेखि नवमी सम्म शक्तिको आराधना गरी दशौं दिन विहान दशमीका दिन आफूभन्दा ठुला मान्यजनहरुको हात बाट टीका प्रसाद ग्रहण गरेर विशेष रुपमा पुर्णिमा सम्म दशैं मनाउने गरिन्छ ।

असत्य माथि सत्यको विजयको रूपमा बडा दशैंलाई लिईन्छ । व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने उद्देश्यले दसैँको उत्सव सुरु भएको मान्यता रहिआएको छ ।

रिजवुड स्थित दुर्गा मन्दिरमा हरेक बर्ष तालिका सार्वजनिक गरि बडा दशैं मनाउने गरिन्छ । यसबर्षको दशैँ विशेष निम्न अनुसार तयार गरिएको छ ।

१. घटस्थापना र जमरा राख्ने दिन ः सेप्टेम्बर २९ (आश्विन १२), आइतबार

२. फूलपाती ः अक्टोबर ४, (आश्विन १७), शुक्रवार

३. महाअष्टमी ः अक्टोबर ५, (आश्विन १८), शनिवार

४. महानवमी ः अक्टोबर ६, (आश्विन १९), आइतबार

५. विजया दशमी ः अक्टोबर ७, (आश्विन २०), सोमवार

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com