हङकङका विषयलाई लिएर गरिएको आलोचना आधारहिन : मन्त्री वाङ यी


प्रकाशित मिति : आश्विन १०, २०७६ शुक्रबार

एजेन्सी /चिनियाँ विदेशमन्त्री वाङ यीले सिनजियाङ र हाल हङकङका विषयलाई लिएर गरिएको आलोचना चीनमाथिका आधारहीन आलोचना भन्दै त्यसलाई अस्वीकार गर्नुभएको छ ।

उहाँले स्वशासित क्षेत्र हङकङ र चीनकै सिनजियाङ प्रान्तका विषयलाई लिएर विना आधार चीनको आलोचना गर्ने गरिएको पनि बताउनुभएको छ ।

संयुक्त राष्ट्रसंघको ७४ औँ महासभामा सहभागी हुने क्रममा हाल अमेरिकामा रहनुभएका विदेशमन्त्री वाङलाई रोयटर्स् समाचार समितिले गरेको प्रश्नको जवाफमा सो धारणा राख्नुभएको हो ।

उहाँले भन्नुभयो– चीन यस्ता आधारहीन आलोचना स्वीकार गर्दैन । रोयटर्स्लाई दिएको अन्तर्वार्तामा गएको तीन वर्षयता सिनजियाङमा कुनै हिंसात्मक हमला नभएको पनि दाबी गर्नुभयो ।
त्यहाँ आतङ्कवादका विरुद्धमा आवश्यक सुरक्षा व्यवस्था अपनाइएकोले यस्तो कुनै हिंसात्मक गतिविधि हुन पाएको छैन– उहाँले भन्नुभयो ।

उइगुर मात्र नभएर सो क्षेत्रमा रहेका विविध जातीय समूह र व्यक्तिहरुले पनि शान्तिपूर्ण रुपमा प्रतिफल लिइरहेका भन्दै विना आधार कसैलाई पनि आरोप नलगाउन सबैलाई आग्रह गर्नुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com