दसैंका यात्रुले टिकट पाएनन् !


प्रकाशित मिति : आश्विन ९, २०७६ बिहीबार

दसैं नजिकिँदै जाँदा यात्रुले टिकट नपाएको गुनासो गरेका छन् । दसैंको मुखमा घर जाने तयारीमा रहेका यात्रु टिकट नपाउँदा निराश छन् ।

पूर्व, पश्चिम, मध्यपश्चिम र सुदूरपश्चिम सबैतिरका यात्रुले टिकट काट्न जाँदा बुक भइसकेको सूचना पाउने गरेको बताए ।

काठमाडौंबाट नजिक रहेका जिल्लाहरुका लागि भने शुक्रबारबाट टिकट बुकिङ खुल्दै छ । पोखरा जाने यात्रुले सुन्धरा र नयाँ बसपार्कबाट टिकट लिन पाउनेछन् ।गोरखाका लागि पनि शुक्रबार नै टिकट खुला भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com