Follow @khasokhasmag

वडाध्यक्षलाई नै छोइछिटो !


प्रकाशित मिति : आश्विन ९, २०७६ बिहीबार

गुलरिया नगरपालिका ९ का हरिप्रसाद पासीले भोगेका छुवाछुतका घटना अनगिन्ती छन् । दुई वर्ष अघि वडाअध्यक्षमा निर्वाचित भएपछि भने उनले छुवाछुतबाट उन्मुक्ति पाइयो भन्ठानेका थिए । ‘तर सार्वजनिक स्थलको विभेदमा कमी आयो, घरमा छोइछिटो गरिरहेका छन्’ उनले सुनाए ।

वडाअध्यक्ष पासीका अनुसार कथित उपल्लो जातीका घरमा पानी पिउनुप-यो भने उनलाई छुट्टै गिलास दिइन्छ । ‘मधेसी समाजमा यस्तो भेदभाव बढी छ,’ उनले भने, ‘वडा अध्यक्ष भएपनि कथित उच्च जातिका व्यक्ति मसित राय सल्लाह गर्न आउँदैनन् ।’  बाध्यतावस वडाका काममा आउँछन् । ‘नमस्कार समेत फार्काउँदैनन्’ उनले भने, ‘राम्रोसँग बोल्नपनि बोल्दैनन् ।’

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com