Follow @khasokhasmag

कर्मचारी कामबिना नै घरपायक काज बिदा लिँदै भत्ता बुझ्दै


प्रकाशित मिति : आश्विन ९, २०७६ बिहीबार

संसद् सचिवालयका कर्मचारीले घरपायक काज बिदा लिँदै भत्ता बुझ्दै गरेको भेटिएको छ । आव २०७५/७६ मा अधिकांश कर्मचारीले कि घरपायक कि दूर्गम ठाउँका लागि काज लिएर भत्ता लिएको सचिवालयको भनाइ छ ।

कान्तिपुरलाई प्राप्त तथ्यांकअनुसार ३४४ कर्मचारीले सचिवालयलाई आर्थिक भार पर्ने गरी काज लिएका छन् ।

उनीहरुको काज भ्रमणका लागि सचिवालयले अघिल्लो आर्थिक वर्षमा ५२ लाख रुपैयाँ खर्चिएको छ । यो खर्चमा काज भ्रमणका लागि उनीहरुले लिएको यातायात भत्ता जोडिएको छैन ।

नियमअनुसार अधिकृत तहसम्मका कर्मचारीले हवाई र त्यो भन्दा तलका लागि आवतजावत बस भाडा सचिवालयले नै बेहोर्छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com