तीनै तहको निर्वाचन अनिवार्य : देउवा


प्रकाशित मिति : फाल्गुन १४, २०७३ शनिबार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको सफल र स्थायी कार्यान्यवनका लागि तिनै तहको निवार्चन अनिवार्य भएको बताउनुभएको छ ।

बुटवलको दीपनगरमा निर्माण भएको वी.पी. कोईराला अध्ययन प्रतिष्ठानको नवनिर्मित भवन उद्घघाटन तथा वी.पी. स्मृति स्मारिकाको शनिबार बुटवलमा विमोचन गर्दै सभापति देउवाले संविधान कार्यन्वयनको संकेत स्वरुप स्थानिय तहको निवार्चनको मिति घोषणा भएको उल्लेख गर्नुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका देउवाले स्थानिय तहको निर्वाचन पश्चात जनताको शासन व्यवस्था र विकासको कामले गति लिने बताउनुभयो । उहाले आगामी माघ भित्रमा तीन तहको निर्वाचन गर्नैपर्ने भएकाले यो वा त्यो बहानामा चुनावलाई कसैले पनि विथोल्न नहुने उल्लेख गर्दै स्थानीय तहको निर्बाचनको तयारीमा लाग्न कार्यकर्तालाइ निर्देशन दिनुभयो ।

निर्बाचनले लोकतन्त्रलाई बलियो बनाउने भन्दै उहाले सरकारले घोषणा गरेको निर्बाचनमा जित्नेगरि आजैका मितिदेखि लाग्न कार्यकतालाई आग्रह गर्नुभयो । उहाँले मधेशी जनताको भावनालाइ आधारमानेर संबिधान संसोधनको तयारी भैरहेको भन्दै सम्पूर्ण नेपालीलाई एकसुत्रमा बाधेर अगाडि बढने स्पष्ट पार्नुभयो ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

सोही कार्यक्रममा रक्षामन्त्री तथा नेपाली काग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले सरकारले घोषणा गरेको स्थानिय निर्वाचन कुनै पनि वाहनामा नरोकिने दावी गर्नुभयो ।

उहाले स्थानिय तहको निर्वाचनका लागि सबैसंग निरन्तर वार्ता भैरहेको बताउदै सरकारले घोषणा गरेको मितिमै निर्बाचन हुने जिकिर गुर्नभयो ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले देशमा अतिबादीले भ्रम छरिरहेको भन्दै दुवैप्रकारका अतिवादबाट देशलाइ जोगाएर कांग्रेस अगाडी बढ्ने बताउनुभयो ।

मन्त्री लेखकले रुपन्देहीमा संचालन भएका सडक र पुलमा कुनै किसिमको बजेटको कमी हुन नदिने प्रतिवद्धता व्यक्त समेत गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष युवराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा  पुर्व राज्यमन्त्री एवं सासद भरतकुमार शाह, सांसद एवं कांग्रेस रुपन्देही सभापति अब्दुल रज्जाक, अर्का सासद राजु खनाल लगायतले बोल्दै वी.पी.को विचार अहिले पनि सान्दर्भिक रहेको चर्चा गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com