‘एशिया प्रहरी सम्मेलन’ सम्पन्न


प्रकाशित मिति : आश्विन ९, २०७६ बिहीबार

नेपाल प्रहरी र रेडक्रसको अन्तर्राष्ट्रिय समिति आइसीआरसी को संयुक्त आयोजनामा काठमाडौँमा भएको तीन दिने ‘एशिया प्रहरी सम्मेलन’ आज सम्पन्न भएको छ । सम्मेलनको समापन गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले क्षेत्रीय तहमा मानव अधिकारको प्रवद्र्धन गर्दै कानून कार्यान्वयन गर्न र विस्तृत रणनीति तयार गरी लागू गर्न सम्मेलनले महत्वपूर्ण सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

समाजलाई सुरक्षित बनाउन तथा रणनीतिक रूपमा एक अर्कालाई सहयोग गर्न सबै सहभागी देशका उच्च सुरक्षा पदाधिकारी उत्साहित रहेको चर्चा गर्दै उहाँले अपराध नियन्त्रण गर्न सम्मेलनले थप सहयोग मिल्ने बताउनुभयो । समकालीन चुनौती र अवरोधको पहिचान, कानूनको शासन, कमाण्ड व्यवस्थापन र समुदाय प्रहरी साझेदारीले अख्तियार गरेको दृष्टिकोण सम्मिलित विभिन्न विषयमा छलफल भएको उहाँले उल्लेख गर्नुभयो ।

सो अवसरमा आइसीआरसी नेपालका मिसन प्रमुख आन्ड्रे पाक्केटले सम्मेलनको महत्व र सम्मेलनबाट प्राप्त निचोडहरु ज्यादै उपयोगी हुने उल्लेख गर्नुभयो । उहाँले आगामी दिनमा पनि नेपाल प्रहरीसँग सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा सहभागीका तर्फबाट नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त र थाइल्याण्डका पुलिस मेजर जनरल अपिच्याट सुरिबोन्याले भनाइ राख्नुभएको थियो । सम्मेलनमा नेपालसहित १५ एशियन राष्ट्रका २५ जना उच्च प्रहरी अधिकारीको सहभागिता रहेको थियो ।

­­­–––

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com