आर्थिक समृद्धि र विकासको बाधक राजनीतिक झाँक्री : डा. भट्टराई


प्रकाशित मिति : फाल्गुन १४, २०७३ शनिबार

नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेपालको आर्थिक विकास र समृद्धि हुन नसक्नुमा राजनीतिक झाँक्रीहरुको अवरोध मुख्य समस्या भएको बताउनु भएको छ ।  नयाँ शक्ति पार्टी, नेपालको प्रवास प्रादेशिक समितिले आयोजना गरेको ‘वैदेशिक रोजगारमा उत्पन्न समस्या र समाधान’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डा. भट्टराईले सो कुरा बताउनु भएको हो ।

उहाँले यो समस्या समाधानका लागि राजनीतिमा भिजन भएको नेतृत्व विकास गर्नुपर्ने र यस्तो नेतृत्वलाई सबै पक्षले सचेत ढंगले सहयोग गर्नुपर्ने बेला भएको बताउनु भयो ।
डा. भट्टराईले नेपालीहरु वैदेशिक रोजगारीमा जाँदा निकै समस्यामा परेको उल्लेख गर्दै अब दक्ष जनशक्ति नेपाल निर्माणमा लाग्नुपर्ने र त्यसको लागि राज्यले उचित व्यवस्थापन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले नेपालीहरुले वैदेशिक रोजगारीको शिलशिलामा निकै समस्या भोगेको बताउँदै समस्या समाधानमा राज्य नै बढी जिम्मेवार हुनुपर्ने बताउनु भयो । विगतमा आफू प्रधानमन्त्री भएको बेलामा वैदेशिक रोजगारीमा जाने नेपालीहरुको समस्या समाधानका निम्ति आफूले सक्दो प्रयास गरेको बताउँदै डा. भट्टराईले पछिल्लो समयमा सरकारले त्यति पनि गर्न नसक्नु दुःखद् कुरा भएको बताउनु भयो ।

उहाँले हाल नेपालको अर्थतन्त्र निर्वाहमुखी कृषि प्रणाली मात्रै भएको भन्दै अब अब कृषिलाई आधुनिकीकरण गरेर उत्पादन र रोजगारमुखी कृषि प्रणाली अवलम्बन गर्नुपर्ने बताउनु भयो । उहाँले युवा शक्ति विदेशीकै कारण देश विकास हुन नसकेको तीतो यथार्थता नेपालीहरुको रहेको तर अब विकास र समृद्धिलाई केन्द्रमा राखेर श्रमशक्ति नेपालकै विकास र समृद्धिमा लगाउने उद्देश्यका साथ नयाँ शक्ति पार्टी नेपालले काम गरेको हुँदा सबै नेपालीले नयाँ शक्तिलाई साथ र सहयोग गर्न समेत डा. भट्टराईले आग्रह गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले नेपाली दक्ष, अर्धदक्ष र अदक्ष जनशक्ति लाखौंको संख्यामा विदेशिनु परेको विद्यमान अवस्थाको अन्त्य गर्नका लागि पुँजी भित्र्याएर नेपालमै रोजगारी सिर्जना गर्नुपर्ने र आयात भन्दा निर्याततर्फ जोड दिनुपर्ने बताउनु भयो ।

विशाल अर्थतन्त्र र जनसंख्या भएका दुई छिमेकी मुलुकको बीचमा रहेको नेपालको विकास र समृद्धिको ठूलो सम्भावना रहेको उल्लेख गर्दै डा. भट्टराईले १०/१५ वर्षभित्रै नेपालको विकास र समृद्धि नयाँ उचाईमा उठन सक्ने सम्भावना रहेको भन्दै अब राजनीतिक रुपमा समेत नेपालीहरुले सचेत ढंगले पहलकदमी लिनुपर्ने बताउनु भयो ।

नयाँ शक्ति पार्टी नेपाल प्रवास प्रादेशिक समितिका संयोजक नवराज सुवेदीले प्रस्तुत गर्नुभएको कार्यपत्रमा राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त सुदीप पाठक र नयाँ शक्ति पार्टी, नेपालका उत्पादन तथा स्वरोजगार विभाग प्रमुख डा. प्रदीपमान तुलाचनले टिप्पणी गर्नुभएको थियो ।

कार्यपत्रमा टिप्पणी गर्दै राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त पाठकले अहिले मानव अधिकारको क्षेत्रमा सबैभन्दा जटिल मुद्दा भनेकै वैदेशिक रोजगारीमा देखिएको समस्या नै भएको बताउनु भयो । त्यसैले राष्ट्रिय मानव अधिकार आयोगले यस विषयलाई उच्च महत्वका साथ हेरिरहेको भन्दै सबैले आ–आफ्नो जिम्मेवारी आ–आफ्नो ठाउँबाट पूरा गर्ने हो भने यसको समाधान सहज हुने भन्दै वैदेशिक रोजगारीमा जाने वातावरणको अन्त्य गर्दै नेपालमै रोजगारीको व्यवस्था गराउनु पर्ने बताउनु भयो ।

त्यसैगरी कार्यपत्रमा टिप्पणी गर्दै अर्का वक्ता एवं नयाँ शक्तिको उत्पादन तथा स्वरोजगार विभाग प्रमुख डा. तुलाचनले वैदेशिक रोजगारीमा देखिएको समस्याको समाधान भनेको मुलुकमै रोजगारीको उचित व्यवस्थापन नै भएकोमा जोड दिनुभयो ।

उहाँले नेपालमा रोजगारीका अथाह सम्भावना रहेको बताउँदै कृषि र जलस्रोतबाट नेपालमा लाखौ रोजगारी सिर्जना गर्न सकिने धारणा व्यक्त गर्नुभयो । सो अन्तरक्रिया कार्यक्रमको सभापतित्व प्रवास प्रादेशिक समितिका संयोजक नवराज सुवेदीले गर्नु भएको थियो भने सञ्चालन सह—संयोजक शंकर भण्डारीले गर्नु भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com