सिन्की अचार…‍‍‍‍‍


प्रकाशित मिति : फाल्गुन १३, २०७३ शुक्रबार

नेपाली गीत संगीतका चर्चित गीतकार सुभाषचन्द्र ढुंगेलको शब्द, ख्यातिप्राप्त गायक तथा संगीतकार स्व. राम थापा तथा तारा थापाको आवाजमा रहेको ३ दशकभन्दा पुरानो र सर्वाधिक लोक प्रियगीत सिन्की अचारको रिमिक्स भर्सन बजारमा आएको छ । बालबालिकादेखी बृद्धबृद्धासम्म सबैले रुचाएको गीतको रिमेकले थप चर्चामा ल्याएको छ ।

रिमेक भर्सन  सिन्कीअचार’ गीतमाबिनोदराज ढुंगेल तथा ईन्दिरा जोशीको आवाज रहेको छ । क्रियटिभ बिट्सले बजारमा ल्याएको बिनोदराज ढुंगेलको सुनकेबरा’एल्बममा संग्रहहित यस गीतबाट गायक धेरै आशाबादी रहेका छन ।

गीतमा शिवमुखिया तथा जनक सुनुवारको म्युजिक एरेन्ज रहेको गीतमार्यापफिचरिङ्ग विश्वश्रेष्ठ तथा कल्पना श्रेष्ठको रहेको छ ।
टेलेभिजन मिडियामा जमेकाभिजे रिजन थापा र पछिल्लो समयकी चर्चित म्युजिक भिडियो मोडेल सुप्रिया कटुवालको अभिनय रहेको गीतमा आर्टिस्ट नेपालबाट मोडेलिङ क्षेत्रमा जमिसकेका मोडेलहरु सन्ध्या स्याङ्तेन , साधना तिमल्सिना, जेनीशाही, सन्जित घिसिङ, अभिन राउत , कबिर खड्का, एरिक बस्नेत, अस्मिताजिरेल, आदित्यकार्कीले आ(आफ्नो प्रस्तुतीदिएका छन ।   भिडियोलाई सन्दिपभूजेलले क्रोरियोग्राफी गरेका छन ।

आर्टिस्ट नेपालप्रोडक्सनको ब्यानरमा निर्माण भएको यसम्युजिक भिडियोलाई संचारकर्मी तथानिर्देशकनव ढुंगेलले गरेका छन । ढुंगेल पछील्लो समयका रुचाई एका निर्देशक हुन । अमृत सुनुवारको छायाँकनमा माधव बेल्बासेले भिडियोलाई सम्पादन गरेका हुन । भिडियोमा पुरानो तथानयाँ जेनेरसनमा हुने प्रेमलाई प्रस्तुत गराउन खोजिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com