डेङ्गुको भन्दा स्क्रब टाइफसका बिरामी बढी


प्रकाशित मिति : आश्विन ७, २०७६ मंगलबार

सुमन कार्की/ देशब्यापी डेंगु रोगको माहामारी फैली रहेकोवेलामा पाल्पा जिल्लामा भने स्क्रब टाइफसका बिरामीको मात्रा धेरै भेटिएको छ । पाल्पामा डेंगुबाट संक्रमित अहिलेसम्म झण्डै ३० जना बिरामी भेटिएका छन् तर स्क्रब टाइफसबाट अहिलेसम्म ९४ जना बिरामी भेटिसकेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

गत वर्ष पनि स्क्रब टाइफसबाट पाल्पामा केहीको मृत्यु भएको थियो । पाल्पाको लुम्विनी मेडिकल कलेज प्रभास, मिसन अस्पताल र पाल्पा अस्पतालमा उपचारका लागि आएका ९४ जना बिरामीहरुमा स्क्रब टाइफसका जीवाणु भेटिएको हो ।

गुल्मी, अर्घाखाँची, स्याङ्जा, नवलपरासी लगायतका जिल्ला गरी २ सय ४ जना स्क्रब टाइफसका बिरामी पाल्पाका तीन वटा अस्पतालमा भेटिएको स्वास्थ्य कार्यालय पाल्पाका निमिक्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिएका छन् । न्यौपानेका अनुसार मृत्यु भने अहिलेसम्म कसैको भएको छैन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्क्रब टाइफस रोग ‘ओरेन्सिया सुसुगमुसी’ नामक परजीवीको संक्रमणले लाग्ने गर्दछ। यो परजीवीलाई एक प्रकारको ‘माइट’ जातिको सुक्ष्म किराले सार्ने गर्दछ । रोगको किटाणु बोक्ने ‘माइट’ स–साना बोटबिरुवाको झाडीमा बस्छ । केही बर्ष अगाडी सम्म स्क्र्ब टाइफस धेरै जसो पहाडी र दुर्गम स्थानहरुमा मात्रै देखिदै आएकोमा हाल शहरी इलाकामा पनि देखिन थालेको छ ।

स्वास्थ्य महाशाखाका अनुसार पछिल्लो तथ्यांक अनुसार यो रोग सबैभन्दा बढी प्रदेश नम्बर ५ मा देखिएको छ । त्यसमा पनि पाल्पामा सबैभन्दा धेरै भेटिएका छन् ।

नेपालमा भने ‘मुसा ले यो रोग सारेको पाइएको छ । झाडीमा बस्ने मुसाको कानमा पाइने उक्त ‘माइट’ झाडीमा सर्ने र सो झाडीमा मानिस जाँदा ‘माइट’ ले मानिसलाई टोकेको कारणले गर्दा यो रोग सरेको पाइएको छ।

तानसेन नगरपालिकाका स्वास्थ्य संयोजक शेरबहादुर रानाले स्क्रब टाइफस हानिकारक हुने हुँदा जोगिन , नाङ्गो भएर झाडीमा जान नहुने बताउनुभयो । उहाँले सुरूकै चरणमा बिरामीको उपचार गरे निको हुने बताउछन् ।

स्क्रब टाइफसका लक्षण
१. उच्च ज्वरो आउनु १०४ डिग्री फरेनहाइट।
२. अत्यधिक टाउको दुख्नु।
३. श्वास प्रश्वासमा अबरोध महसुस हुनु।
४. कृत्रिम आवाज सुनिनु र कान बन्द भए जस्तो हुनु।
५. आखा रातो हुनु र रसिलो हुनु।
६. शरीरमा दाग (घाउको कालो पाप्रो) देखिनु वा खटिरा देखिनु।
७. वाकवाकी लाग्नु र बान्ता हुनु।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com