फर्किए विद्यार्थी, जोगिए विद्यालय


प्रकाशित मिति : आश्विन ७, २०७६ मंगलबार

तारानाथ आचार्य/ गत शैक्षिक सत्रमा सातजना शिक्षक रहेको विद्यालयमा छजना मात्रै विद्यार्थी थिए । भएका विद्यार्थीसमेत नियमित विद्यालय नआउने गरेका कारण विद्यालय सधैं सुनसान जस्तै हुन्थ्यो । बागलुङ बजार नजीकै रहेको गणेश प्राथमिक विद्यालयमा विद्यार्थी कम भएको धेरै समय भइसकेको थियो ।

बागलुङ नगरपालिका–४ पाखाथरका अधिकाँश विद्यार्थी बागलुङ बजारका निजी विद्यालयमा गएपछि विद्यालय सुनसान बन्न थालेको हो । एक वर्ष पहिलेसम्म शिक्षकभन्दा विद्यार्थी कम रहेको विद्यालयले यो शैक्षिक सत्रमा भने ८ वटा कक्षामा ४७ जना विद्यार्थीलाई वार्षिक परीक्षामा सहभागी गराउने छ ।

अहिले निजी विद्यालयकै ढाँचामा कक्षा सञ्चालन भैरहेको यस विद्यालयमा नर्सरीदेखि कक्षा ५ सम्म ८ वटा कक्षा सञ्चालन हुन थालेका छन् । विद्यार्थी सङ्ख्या न्यून रहेका विद्यालयहरुका विद्यार्थी र शिक्षकलाई पायक पर्ने विद्यालयमा व्यवस्थापन गर्ने भनी बागलुङ नगरपालिकाको शिक्षा समितिले निर्णय गरेपछि गणेश प्राथमिक विद्यालय व्यवस्थापनमा पर्ने पहिलो विद्यालय थियो तर, सोही निर्णयले नै विद्यालय व्यूँतियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“नगरले गरेको निर्णय कार्यान्वयन गर्नु पूर्व हामीले १५ दिनको समय माग्यौं,” विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार विक्रम क्षेत्रीले भन्नुभयोे – “१५ दिनमा समुदायसँग छलफल गरेर विद्यार्थी सङ्ख्या पु¥याउन लाग्यौं ।” अहिले विद्यालयमा सबै विद्यार्थी र शिक्षक समयमै आउँछन् । पठनपाठन पनि राम्रो हुन्छ । विद्यार्थी फेरि छोडेर निजी विद्यालयमा जाने अवस्था अब देखिँदैन ।

विद्यालय व्यवस्थापन समिति र समुदायको सक्रियतामा निजी विद्यालयमा अध्ययन गरिरहेका ४१ जना विद्यार्थी अहिले गणेश प्राविमा फर्केका छन् । विद्यालय नै नरहने अवस्था सिर्जना भए पछि निजी विद्यालयकै पाठ्यक्रम लागू गर्ने अभिभावकहरुको शर्त पालना गर्दै विद्यालयले विद्यार्थी सङ्ख्या पु¥याएको हो ।

“स्वास्थ्य, शिक्षा र सुरक्षा अभिभावकहरुको शर्त थियो,” प्रधानाध्यापक कल्पना पौडेल शर्माले भन्नुभयो – “स्वास्थ्यको ख्याल, पानी, अंग्रेजी माध्यम र विद्यालय भवन परिसर तारबार गरेर विद्यार्थी सङ्ख्या पु¥याएका छौं ।” उहाँका अनुसार विद्यालय भवन परिसरको तारबारका लागि वडा कार्यालयले सहयोग गरेको हो भने शुद्ध पानीको लागि युरोगार्ड ऋण काँडेर खरिद गरिएको हो ।

शिक्षा ऐनमा व्यवस्था भए अनुसार पहाडका विद्यालयहरुमा प्रतिशिक्षक ४५ जना विद्यार्थी हुनुपर्ने व्यवस्था छ । बागलुङ नगरपालिकाले भने त्यसको १० प्रतिशत विद्यार्थी सङ्ख्या हुने विद्यालयले कक्षा सञ्चालन गर्न सक्ने व्यवस्था गरेको छ । नगरको शिक्षा समितिले गरेको व्यवस्था अनुसार अब गणेश प्राविलाई विद्यार्थी सङ्ख्या नपुगेर व्यवस्थापनमा जानुपर्ने छैन । अहिले नर्सरीमा १२ जना, एलकेजीमा आठजना, युकेजीमा सातजना, कक्षा १ मा छजना, कक्षा २ मा पाँचजना, कक्षा ४ र ५ मा चार÷चारजना विद्यार्थी छन् । कक्षा तीनमा भने गत वर्ष कक्षा २ मा विद्यार्थी नरहेको र निजी विद्यालयबाट आउने विद्यार्थी समेत नभएकाले खाली रहेको छ ।

“हामीले गुणस्तरीय शिक्षा दिने प्रतिबद्धता जनाएर विद्यार्थी फर्काएका हौं,” अध्यक्ष क्षेत्रीले भन्नुभयोे – “राज्यको ठूलो लगानी रहेका सामुदायिक विद्यालयको सुधार आवश्यक छ जसको थालनी हामीले ग¥र्यौं ।” पठनपाठनमा प्रभाव पर्न नदिन विद्यालयले बाल विकास केन्द्रका सहजकर्तालाई पनि अतिरिक्त समय उपल्लो कक्षामा दिन भनेको छ ।

अहिले यहाँ तीन निजी स्रोतका शिक्षक, तीन दरबन्दीका शिक्षक र एक राहत दरवन्दीका शिक्षकले पठनपाठन गराइरहेका छन् । “पहिले विद्यार्थीको सङ्ख्या पनि धेरै थियो र विद्यालयहरु ठाउँठाउँमा खुलेका थिए,” नगर प्रमुख जनकराज पौडेल भन्नुहुन्छ – “नियुक्ति पाएबापत तलब र पढाउन भत्ता चाहिने मानसिकता शिक्षकहरुमा विकास हुँदा सामुदायिक विद्यालय मारमा परे ।” गणेश प्राविले देखाएको सक्रियता अरु विद्यालयका लागि समेत उदाहरण भएको छ र पौडेल विद्यालयको सफलताको श्रेय प्रशासन, व्यवस्थापन र समुदायलाई दिनुहुन्छ ।

कतै व्यवस्थापन, कतै घटुवा

गणेश प्रावि जस्तै नगरले बनाएको मापदण्ड पूरा नगर्ने अरु १८ वटा विद्यालय थिए जसमध्ये ११ विद्यालय घटुवामा परेका छन् । अरु पाँच विद्यालयका शिक्षक र विद्यार्थी पायक पर्ने विद्यालयमा पठाइएको छ । व्यवस्थापनमा जानुपर्नेमा परेको भगवती प्रावि बानपा–५ सिमले सात जना विद्यार्थी जम्मा गरेर कक्षा १ मात्रै सञ्चालनको अनुमति पाएको नगर शिक्षा अधिकारी डण्डपाणि शर्माले बताउनुभयो ।

त्यस्तै, बानपा–७ कालीमाटीमा रहेको ज्योति पुञ्ज प्राथमिक विद्यालयले पनि विद्यार्थी सङ्ख्या पु¥याएर कक्षा सञ्चालन गर्ने अनुमति पाएको छ । यो विद्यालयमा पनि अधिकाँश विद्यार्थी निजी विद्यालय छोडेर आएका छन् । जनता प्रावि बानपा–१०, कृष्ण प्रावि, कोट भैरव प्रावि, कालीगण्डकी प्रावि बानपा–१२ र आदर्श प्रावि बानपा–१३ ले विद्यार्थी सङ्ख्या पु¥याउन नसकेका कारण तिनीहरुलाई नजीकैको विद्यालयमा समायोजन गरिएको शर्माले जानकारी दिनुभयो । घटुवा हुनेमा माध्यमिक र आधारभूत तहका विद्यालयसमेत छन् भने व्यवस्थापनमा पर्नेमा प्राथमिक तह सञ्चालनमा रहेका विद्यालय मात्रै छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com