बेहुली जन्ती लिएर बेहुलाको घरमा गएपछि…


प्रकाशित मिति : आश्विन ६, २०७६ सोमबार

एएफपी/ बङ्गलादेशमा मुसलमान समुदायको वैवाहिक परम्परालाई चुनौती दिँदै एक किशोरीले आफूले मन पराएको केटासँग विवाह गर्नका लागि ‘जन्ती’ लिएर बेहुलाको घरमा गएपछि उनीहरू यहाँको सामाजिक सन्जालमा जताततै छाएका (भाइरल) भएका छन्।यसले परम्पराको नाममा हुने महिला अधिकार हननका विषयमा बहस तीब्र बनाइदिएको छ।

स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार खाजिदा अख्तर खुशीले जन्ती लिएर बेहुला तारिकुल इस्लामको घरमा पुगेकी थिइन्। शनिबार सम्पन्न विवाह बङ्गलादेशको पश्चिमी ग्रामिण जिल्ला मेहरपुरमा भएको हो।

मुसलमान परम्परा अन्य परम्पराका तुलनामा बढी कट्टर मानिने भए पनि एसियाली यस मुलुकमा भएको विवाह उत्सवले सामाजिक सञ्जालमार्फत विश्वभर चर्चा पाएको छ। खुशीले जन्ती लिएर बेहुलाकहाँ गएको घटनाले विश्वभर स्थापित मान्यतालाई उल्ट्याइदिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हो, परम्परागत रूपमा यो असामान्य हो। तर, अन्य दिदीबहिनीहरूले पनि यसलाई व्यवहारमा ल्याउने साहस गरून् भन्ने ध्येयका साथ मैले नयाँ चलनको सुरूवात गरेँ, खुशीले आइतबार बताइन्।

विवाहका लागि बेहुला रहेका इस्लामका अनुसार उनीहरूको यो प्रयोगलाई परिवार र साथीहरूको साथ थियो। इस्लामले भने, महिला पुरूषबीचको समान अधिकारका लागि लिङ्गगत विभेदलाई अन्त्य गर्ने उद्देश्यका साथ हामीले नयाँ प्रचलनलाई व्यवहारमा ल्यायौँ। यसलाई हाम्रो परिवार र समाजले स्वीकार गर्‍यो।

म विश्वस्त छु एक पुरुषले जे गर्नसक्छ त्यो महिलाले पनि गर्न सक्छिन् भन्ने एउटा नयाँ सन्देश हाम्रो विवाहले दिएको छ, उनले थपे।विवाहपछि उनीहरूको फोटो तथा भिडियोहरू अनलाइन तथा सामाजिक सन्जालमा छाएको छ। यसले सामाजिक सन्जालमा विवाहको नयाँ अभ्यास बारेमा बहस सुरू भएको छ।

विवाह परम्परावादी मूल्यमान्यता दरोसँग गाँजिएको बहुसङ्ख्यक मुसलमान ९१६ करोड ८० लाख जनसङ्ख्या० रहेको मुलुक बङ्गलादेशका यो घटना सञ्चारमाध्यमको मुख्य समाचार बनेको छ।

बङ्गाली दैनिक प्रोथम आलोको वेबसाइटमा लेखक सद्दाक हसनले विवाहबारे लेख्छन्, पक्कै पनि यो हाम्रो संस्कार र संस्कृतिमा ठूलो समाचार हो।अन्य लेखक तथा पत्रपत्रिकाले पनि घटनालाई एक फरक अभ्यासका रूपमा उल्लेख गरेका छन्।

कतिपय पत्रपत्रिकाले त यसलाई विशेष महत्वका साथ छापेका छन्। केही किशोरहरूले बेहुली खुशीको प्रशंसा गर्दै भनेका छन्, उहाँ साहसी महिला हुनुहुन्छ। म उहाँजस्ता महिलालाई विवाह गर्न चाहन्छु।

यसैगरी केहीले भने उक्त घटनालाई व्यापक आलोचना गर्दै यसले नवजोडी तथा उनीहरुको परिवारमा नराम्रो प्रभाव छाड्ने बताएका छन्।

त्यो परिवारलाई सजाय दिनुपर्छ,मोहम्मद अबुल हस्नतले च्यानल २४ को वेबसाइटमा लेखेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com