हिक्मतलाई अमेरिकामा दुई स्वर्ण !


प्रकाशित मिति : आश्विन ६, २०७६ सोमबार

अमेरिकाको न्युयोर्कमा सम्पन्न अन्तराष्ट्रिय कराते प्रतियोगितामा नेपालका हिक्मत घर्तिमगरले दुई स्वर्ण पदक जितेका छन् । लामो समयदेखि पोर्चुगलमा बस्दै आएका हिक्मत सो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै शहभागी भएका थिए।

न्युयोर्कस्थित कुइन्स शहरमा २२ सेप्टेम्बरबाट शुरु भएको प्रतियोगितामा हिक्मतले ६७ केजी ताैल समूहको कुमुते र एकल कातामा स्वर्ण जितेका हुन् । दुवै स्पर्धामा हिक्मतले अमेरिका खेलाडीलाई पराजित गरेका थिए । हिक्मतले कुमुतेमा अमेरिकी खेलाडी अलेक्स नेल्सन र कातामा अमेरिकाकै खेलाडी अउइ एजायुई लाई पराजित गर्दै दुई स्वर्ण हात पार्न सफल भएका हुन्। प्रतियाेगितामा ४० देशका खेलाडीकाे सहभागीता रहेकाे थियो ।

हिक्मतले सन २०१४ जर्मनीमा सम्पन्न अन्तर्राष्ट्रिय जर्मन वादो कपमा ५५ केजी तौल समूह कुमेतीमा नेपालीलाई रजत पदक दिलाएका थिए। सन २०१४ मै बेल्जियमा सम्पन्न भएको प्रथम गेन्त सिटी अन्तर्रा्ष्ट्रिय बुदो कराते कपमा ६० केजी तौल समूहमा क्यूबाका खेलाडीलाई फाइनलमा हराउँदै नेपाललाई स्वर्ग पदक दिलाएका थिए।

फ्रान्सको चाल्र्स डे गौल्ली शहरमा सम्पन्न भएको केड्लु एफ अन्तर्रा्ष्ट्रिय कराते प्रतियोगीतामा ५५ केजी देखि ६२ केजी तौल समूह कुमेटीमा रजत पदक तथा व्यतिगत ६७ केजी कातातर्फ स्वर्ण पदक दिलाएका घर्तीमगरले जर्मनको हम्बुर्ग शहरमा सम्पन्न भएको एल्बी कप अन्तर्रा्ष्ट्रिय कराते कपमा काता तर्फमा पनि कास्य पदक पाएका हुन्।

कराते ओपन लिस्बोन २०१८ मा कुमुटी ६१ केजी तौल समूहमा कास्य पदक प्राप्त गरेर नेपालको गौरव बढाएका थिए।

पश्चिम नेपालको पूर्वी रुकुम, पुथा उत्तरगङ्गा गाउँपालिका–१० तक्सेराका २६ वर्षीय हिक्मत घर्तीमगर सन् २०१५ अवसरको खोजीमा पोर्चुगल आएका थिए। पोर्चुगलमा पनि आफ्नो खेल जीवनलाई दिदै उनले आफुलाई एक अब्बल खेलाडीको रुपमा मात्रै दर्ज गरेनन् , विदेशीहरुका कराते प्रशिक्षकको रुपमा समेत आफुलाई स्थापित गराए। हिक्मत अहिले पोर्चुगलमा कराँते प्रशिक्षकका रुपमा कार्यरत छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com