बैकिङ कसुर तथा ठगीको आरोपमा बैंक अफ काठमाडौंका पूर्व सिइओ सहित ११ जना पक्राउ परेका छन् । नक्कली कागज बनाएर बैंकको करिव साढे चार करोड रुपैयाँ हिनामिना गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बैंक अफ काठमाडौंका पूर्व सिइओ अजय श्रेष्ठ र बैकका कर्मचारीहरु किरण बोहोरा, ऋचा श्रेष्ठ, शुष्मा शाह लगायत ११ जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीले ऋणी सुरेन्द्र श्रेष्ठलाई समेत नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार श्रेष्ठले खोला किनारमा पर्ने जग्गाको नक्कली धनीपूर्जा बनाएर चार वर्षअघि बैंक अफ काठमाण्डूबाट ऋण निकालेका थिए। तर ऋण निकालेपछि उनी सावाँ व्याज दुवै नतिरी सम्पर्कबिहीन भएपछि जग्गा खोज्ने क्रममा घटना बाहिरिएको हो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।