अमेरिकाको डेमोक्रेटिक पार्टी र हाम्रो पार्टीको नीति मिल्दोजुल्दो – समाजवादी पार्टी नेपालका नेता


प्रकाशित मिति : आश्विन ४, २०७६ शनिबार

समाजवादी पार्टी नेपालका सहअध्यक्ष तथा सांसद राजेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा अमेरिकाको न्युर्योकमा नेपालको सन्दर्भमा ‘समुन्नत संघीय समाजवाद र यसको महत्व’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

नेपाली समाज अमेरिका न्युयोर्कको आयोजनामा समाजका वरिष्ठ उपाध्यक्ष लिला राईको अध्यक्षतामा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

समाजका महासचिव संचालन लोक चेम्जोङको संचालन रहेको उक्त कार्यक्रममा आदिवासी जनजाति महासंघ फिप्नाका अध्यक्ष मान राना तथा आदिवासी जनजाति महासंघ फिप्नाका संस्थापक अध्यक्ष तथा नेपाली समाज अमेरिकाका पूर्वअध्ययक्ष कर्मा गेल्जेन शेर्पाको विशेष आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथि तथा सांसद राजेन्द्र कुमार श्रेष्ठले अमेरिकाको पार्टी परिचालन र सरकार परिचालन कसरी हुन्छ भन्ने अध्ययन, चुनावमा उम्मेदवारको छनौट कसरी हुन्छ, पार्टीका नीति, विचार र सिद्धान्त कस्ता हुन्छन् भन्ने विषयमा अध्ययन गर्न आफू अमेरिका आएको बताएका थिए । उनले अध्ययनका क्रममा अमेरिकाको डेमोक्र्याटिक पार्टी आफ्नो पार्टीको नीतिसँग धेरै हदसम्म नजिक रहेको समेत बताए ।

नेता श्रेष्ठले नेपालमा पार्टी नै नभएर वा पार्टीको संख्या कम भएर आफूहरुले पार्टी गठन नगरेको बताउँदै सात दशक देखि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीका रुपमा दुई धारको राजनीति अगाडि बढेको बताए । ‘तर, दुखद कुरा नेपाली कांग्रेसले स्थापनाको केही वर्षपछि नै हामी प्रजातान्त्रिक समाजवादमा विस्वास गर्छौ, अर्थात् डेमोक्रेटिक सोसलिज्म हाम्रो सिद्धान्त हो भनेर अगाडि आयो,’ उनले भने, ‘नेपाल कम्युनिष्ट पार्टीले पनि समाजवाद हुँदै हामी साम्यवादसम्म पुग्छौं र राज्यको अधिनायकत्व रहेको समाजवादी व्यवस्थाको पक्षमा कम्युनिष्ट पार्टी अगाडि आयो । यसरी हेर्दा दुर्व पार्टी समाजवादकै कुरा गरेको तर ती पार्टीहरु पटक–पटक सत्तारुढ हुँदा पनि नेपालमा समाजवाद किन आएन वा समाजवादको दिशामा देश किन जान सकेन भन्ने यसको पछाडिका कारणहरु खोज्न जरुरी छ ?’

नेता श्रेष्ठले नेपालमा ती पार्टीले लिएको सिद्धान्त र विचारले किन सम्पूर्ण उत्पीडित विभिन्न समुदायहरु राज्यको सुविधाबाट बन्चित भएको तथा उनीहरुले किन मुक्ति हासिल गर्न सकेनन् भन्ने यसको पछाडिका कारणहरु खोज्नुपर्ने बताए ।

उनले नेपालमा समाजवादको नाममा नेपाली कांग्रेस र कम्युनिष्टले एकल जातिय समाजवादको वकालत गरेको र नेशन स्टेटका रुपमा लागु भएका समाजवादको नक्कल गरेकाले उत्पीडित समुदायको विकास हुन नसकेको बताए । उनले त्यसकारण पनि जुनसुकै सरकार आउँदा पनि जातिय समस्या हल नहुने वर्गिय तथा भाषिक उत्पीडित भइरहने, एकल जातिय र सभ्यताको मात्रै प्रचार प्रसार गरेको तथा संघीय गणतन्त्रमा पनि परिवर्तन भएको नदेखिएको बताए ।

उनले हरेक संस्कृतिमा राज्यको फरक व्ववहार भएको बताए । उनले विदामा पनि भिन्नता भएको बताउँदै समाजवादको नाममा एकल जायित उत्पीडिनको शोषण र सासन कायम हुने राज्य व्यवस्थाले अपनाएको बताए । ‘त्यसैले हामीले के भन्यौ भने, अब एउटा यस्तो नयाँ ढंगको राजनीति शक्ति आवस्यकता छ जसले जस्तो समाज उस्तै राज्य बनाउँछ । साथै जस्तो समाज उस्तै राज्य बनाउनु भन्दा अगाडि जस्तो समाज उस्तै पार्टी बनाउनु पर्छ ।’

त्यस्तैगरी नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका संस्थापक अध्यक्ष तथा तत्कालिन संघीय समाज अमेरिकाका अध्यक्ष कर्मा ग्याल्जेन शेर्पाले नेपालमा व्यवस्था परिवर्तन भएपनि शासकिय स्वरुप परिवर्तन नभएको बताए । उनले विदेशमा बस्ने नेपालीका लागि दोहोरो नागरिकताको विषयमा कुरा उठाउँदै विदेशीको ऋण अनुदानले मात्र नभएर विदेशमा बस्ने नेपालीको रेमिट्यान्सले पनि देशमा केही योगदान गरेको छ भन्ने सरकारले नसोचेको बताउँदै यस विषयमा संसदमा कुरा उठाइदिन अनुरोध गरेका थिए ।

त्यस्तै शेर्पाले नेपाल हिन्दु राष्ट्र हुनुपर्छ भन्ने एउटा जमात रहेको बताउँदै धर्म व्यक्तिले मान्ने र माटोले नमान्ने भएकाले लोकतान्त्रिक संघीय गणतान्त्रिक व्यवस्था आइसकेको देशमा निरंकुश पंचायती शैलीको कुरा ल्याएर जातिय युद्ध निम्त्याउन खोजेको आरोप समेत लगाए ।

सोहि अवसरमा फिप्नाका अध्यक्ष मान रानाले संघीय समाजवादी फोरम पार्टी गठन हुँदाखेरी नै यो पार्टीबाट आदिवासी, जनजाति, मधेसी, मुस्लिम लगायत पिछडा वर्गको आवाज तथा अधिकारका बारेमा कुरा उठाउने छ भन्ने आसा राखेको बताउँदै सोहि पार्टी हुँदै अहिले समाजवादी पार्टी नेपाल बनेको भन्दै पार्टीमाथिको जनसमर्थन पनि बढ्दै जावोस भन्ने शुभकामना राखेका थिए ।

उनले समाजवादी पार्टी नेपाल र सरकारबीच सहमति भइसक्दा पनि संविधान संशोधनको कुरा पार्टीले सुरुवातै गर्ननसकेको भन्दै दुःख व्यक्त समेत गरेका थिए ।

‘दुई पार्टी एक भएपछि सरकारसँग सहमति भएको लामो समयसम्म पनि संविधान संशोधनको कुरामा कुनै पनि सुरुवात नहुनु हाम्रो लागि दुःखद कुरा हो र निराशाजनक परिस्थिति हो, उनले भने, ‘त्यतिबेलै पार्टीबाट संविधान संशोधनका लागि कार्यदल बनिदिएको भए केही आसाको त्यान्द्रो पलाउने थियो तर अहिलेसम्म पनि त्यो भएको छैन ।’

त्यस्तै समाजका महासचिव लोक चेम्जोङले पार्टीमा रहेका नेताहरु पूर्व प्रधानमन्त्री, मन्त्री तथा बहालवाला मन्त्ती हुँद्या पनि नैतिकतामा ह्रास नआएको बताउँदै मधेस आन्दोलनबाट उदाएका पार्टी अध्यक्ष उपेन्द्र यादव हरेक हिसावले निस्कंलक रहेको बताउँदै डा. बाबुराम भट्टराईले गर्न चहाँदा चाहाँदै घेराबन्दीमा पर्दा पर्दै पनि उनी सबैभन्दा सफल अर्थममन्त्रीको रुपमा नाम कमाएको बताए । उनले त्यस्तो पार्टीको कार्यकर्ताको रुपमा आफूहरुले पहिचान बनाएको बताउँदै आगामी दिनमा पनि पार्टीको साथ सहयोग र माया सधैं रहिरहने आसा रहेको बताए ।

कार्यक्रममा एनआरएनए अमेरिकाकी पूर्वउपाध्यक्ष बनिता कतिलाले नेपालमा सरकारी सेवाबाट अवकास प्राप्त भएकाहरु अमेरिका आएर पिआर लिइसकेपछि त्यहाँको सुविधा कटौती गरिने संसदमा कुरा चलिरहेको भन्दै उनीहरुले देशका लागि गरेको सेवा वापतको रकम पाउनुपर्ने बताउँदै यसको लागि पहल गरिदिन नेता श्रेष्ठ समक्ष अनुरोध गरेकी थिइन् ।

त्यस्तै पत्रकार तथा लेखक शैलेस श्रेष्ठले अहिलेको परिवेशमा दलहरु जति उदार हुन सक्यो त्यति समृद्धि चाँडै आउने बताउँदै भाषणमा समृद्ध नेपाल र सुखी नेपाली होइन कि, उदारता सहितको सहभागीताले नै समृद्धि निम्त्याउने बताए । श्रेष्ठले गैरआवासीय नेपालीको दोहोरो नागरिकताको मुद्धालाइ अगाडि बढाइदिन पनि नेता श्रेष्ठसँग आग्रह गरेका थिए । उनले पार्टीको वेवको भरमा पार्टी बलियो छ, यसले जित्छ नभनि इश्युवेश राजनीतिक गरेर अगाडि बढ्न पनि सुझाव दिएका थिए । उनले सम्पत्ति माथिको अधिकारको विषयमा छलफल गर्नका लागि एउटा ककस बनाइदिन समेत अनुरोध गरेका थिए ।

नेपाली समाज अमेरिकाको युवासंघकी उपमहासचिव सुसाना लामा राईले प्रमुख अतिथि श्रेष्ठलाई विदेशमा बस्ने नेपाली नागरिकका लागि समाजवादी पार्टी नेपालको धारण के रहेको छ भन्ने प्रश्न गरेकीथिइन् । उनले बिट्रिस आर्मिमा आवद्ध भएका नेपाली गोर्खा सेनालाई समान अधिकार र सुविधा पाउने विषयमा कुरा भएको तर सिंगापुर पुलिस फोर्समा भएका नेपालीको विषयमा सरकार किन बोल्दैन भन्ने प्रश्न समेत राखेकी थिइन् । साथै सिंगापुरको पुलिस सिटीजनले जे काम गर्छ त्यस्तै नेपालबाट आवद्ध भएका फोर्सले सोहि काम गर्दा पनि पाउने सुविधामा धेरै फरक भएको नेता श्रेष्ठ समक्ष गुनासो गरेकी थिइन् ।

दुई चरणमा भएको उक्त कार्यक्रममा पहिलो अन्तरक्रिया र पछि छलफल चलेको थियो । सो अवसरमा अन्तराष्ट्रिय रेफ्रि तथा मार्शल आर्टश एसोसियसन न्युयोर्कका संचालक पर्खि खालिङ राईले प्रमुख अतिथि श्रेष्ठलाई पुष्पगुच्छाले स्वागत गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com