मोदीले पाएका उपहार लिलामीमा,लिलामीबाट प्रधानमन्त्री राहत कोषमा ११ करोड जम्मा


प्रकाशित मिति : आश्विन ३, २०७६ शुक्रबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न अवसरमा पाएका उपहार लिलामीमा राखिएको छ । विदेश तथा स्वदेश भ्रमणका मोदीले आयोजकबाट ती उपहार पाएका थिए । लिलामीबाट आएको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा हुने भारतीय एजेन्सीले जनाएका छन् । अहिलेसम्म लिलामीबाट प्रधानमन्त्री राहत कोषमा ११ करोड भारु जम्मा भएको छ ।

गत वर्ष नयाँदिल्लीको राष्ट्रिय आधुनिक कला संग्रहालयमा मोदी पहिलोपटक प्रधानमन्त्री हुँदा प्राप्त उपहार सामग्री राखिएको थियो । संग्रहालयमा २७ सय ७२ वस्तु राखिएका थिए । त्यसवेला इन्टरनेटबाट र संग्रहालयमा पुगेका व्यक्तिले ती सामग्री किनेका थिए ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com