न्युयोर्क मा साउथ एसियन कन्भेन्सन हुँदै


प्रकाशित मिति : आश्विन २, २०७६ बिहीबार

आरती लम्साल

दक्षिण एशियाली अमेरिकीहरुलाई संगठित बनाउँदै आफ्नो शहर, समाज र राज्यलाई सुदृढ पार्ने उद्देश्यले आगामी सेप्टेम्बर २२ मा साउथ एसियन अमेरिकन कन्भेन्सन २०१९ हुने भएको छ । न्युयोर्कको क्विन्समा हुने कार्यक्रममा दक्षिण एसियाली मुलुकका विभिन्न समुदायको सहभागिता रहने बताइएको छ ।

कार्यक्रमले दक्षिण एसियाली अमेरिकीहरुलाई संगठित गर्नेमा विस्वस्त छिन् कार्यक्रम संयोजक कन्चन केसी । पुर्व एनआरएन महिला संयोजक समेत रहेकी उनले विगत ४ बर्ष देखि अमेरिकामा रहेर नेपाली समाज र नेपालीहरुलाई निरन्तर सहयोग गर्दै आएकि छिन् । खसोखासका सदस्य समेत रहेकी उनी भन्छिन्, “दक्षिण एसियाली समुदायसँगको सहकार्य विकास र देशलाई योगदान गर्ने उद्देश्य, कार्यक्रम हो । ”

१७ औँ शताब्दिको सुरुवातसँगै आफ्नो अस्तित्व कायम राखेका दक्षिण एसियाली अमेरिकीहरुलाई अहिले सबै भन्दा देशभक्त आप्रवासी समुह मध्यको एक मानिन्छ । अमेरिकामा आफ्नो उद्यम, व्यवसाय मात्र नभई राजनितिमा पनि दक्षिण एसियालीको अनुहार देख्न सकिन्छ ।

दक्षिण एसियाली समुदायलाई एकताबद्ध गर्न पहल गर्ने व्यक्ति हुन् बंगलादेशका जोय चौधरी । कार्यक्रममा सहभागी हुन उनले सबैमा अनुरोध गरेका छन् । त्यस्तै एनआरएन न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरी अधिकारीले पनि कार्यक्रममा उपस्थित हुन आग्रह गरे । उनी हालै मात्र उत्कृष्ट च्याप्टर अध्यक्षका रुपमा सम्मानित भएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com