जनप्रतिनिधिहरु काममाभन्दा विदेश जानमै तछाड मछाड ……


प्रकाशित मिति : आश्विन १, २०७६ बुधबार

जनताको काम गर्ने महत्वपूर्ण म्यान्डेट लिएर आएका जनप्रतिनिधिमा कामभन्दा पनि विदेश भ्रमणको मोह अत्यधिक बढ्न थालेको पाइएको छ । जनप्रतिनिधि दिनहुँ ताँती लगाएर विदेश भ्रमणमा गइरहेका छन् । पछिल्लो १४ महिनाको अवधिमा मात्रै ३ सय जनप्रतिनिधि विदेश भ्रमणमा गएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७५/७६ देखि हालसम्मको अवधिमा ९९ पटक विदेश भ्रमण भएको छ । यसक्रममा २ सय ९९ जना भ्रमणमा गएका छन् । यीबाहेक भ्रमण स्वीकृत नै नगरी गएकाको तथ्यांक भने मन्त्रालयसँग छैन ।

मन्त्रालय स्रोतका अनुसार पछिल्लो समय कानुन उल्लंघन गर्दै सरकारलाई जानकारी नै नदिई जानेको संख्या बढ्दो छ ।

जनप्रतिनिधिहरूको भ्रमणको रोजाइमा चीन, अमेरिका, जापान, दक्षिण कोरिया, भारत, इन्डिोनेसियालगायतका मुलुक पर्ने गरेका छन् । मन्त्रालयको तथ्यांकअनुसार बढी भ्रमण गर्ने पहिलो मुलुक चीन बनेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मन्त्रालयको तथ्यांक चीनमा २१ पटक, अमेरिकामा १७ पटक, जापानमा नौपटक, दक्षिण कोरिया आठ र भारतको सातपटक भ्रमण गरिएको छ ।

त्यसका साथै डेनमार्क, स्विजरल्यान्ड, मंगोलिया, फिलिपिन्स, बेलायत, बंगलादेश, अस्टे«लिया, थाइल्यान्ड, स्पेन, रसिया, फिनल्यान्ड, जर्मनी, सिंगापुर, ट्युनिसिया, भियतनाम, बंगलादेशलगायतका मुलुक रहेका छन् । यो समाचार आजको राजधानी दैनिकमा  केशवप्रसाद पाण्डेले लेखेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com