परिवारमा आधारित यी मितिका आवेदकका ग्रिनकार्ड अक्टोबरमा करेन्ट


प्रकाशित मिति : आश्विन १, २०७६ बुधबार

अमेरिकी सरकारको विदेश मन्त्रालयले अक्टोबर महिनाको भिसा बुलेटिन सार्वजनिक गरेको छ । जस अन्तरगत परिवारमा आधारित विभिन्न श्रेणीका आवेदकका लागि अक्टोबरमा ग्रिनकार्ड करेन्ट भएको छ ।

अमेरिकी नागरिकका २१ बर्ष नाघेका अविवाहित छोराछोरीहरुका सन्दर्भभा १५ जुलाई २०१३ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुको अक्टोबरमा भिसा करेन्ट भएको छ भने १५ जनवरी २०१३ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुलाई अक्टोबरमा ग्रिनकार्ड जारी गरिनेछ ।

ग्रिनकार्ड बाहकका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरुका सन्दर्भमा भने सबैका लागि अक्टोबरमा भिसा करेन्ट भएको छ । यो क्रम गत जुलाईदेखि सुरु भएको थियो ।

ग्रिनकार्डबाहकका २१ बर्ष नाघेका अविवाहित छोराछोरीहरुका सन्दर्भमा १ डिसेम्बर २०१४ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुको अक्टोबरमा भिसा करेन्ट भएको छ भने १ जुन २०१४ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुलाई अक्टोबरमा ग्रिनकार्ड जारी गरिनेछ ।

अमेरिकी नागरिकका २१ बर्ष नाघेका विवाहित छोराछोरीहरुका सन्दर्भभा १५ मार्च २००८ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुको अक्टोबरमा भिसा करेन्ट भएको छ भने १५ सेप्टेम्बर २००७ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुलाई अक्टोबरमा ग्रिनकार्ड जारी गरिनेछ ।

अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुका सन्दर्भभा १५ मे २००७ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुको अक्टोबरमा भिसा करेन्ट भएको छ भने २२ नोभेम्बर २००६ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुलाई अक्टोबरमा ग्रिनकार्ड जारी गरिनेछ ।

यो नेपालीका सन्दर्भमा लागु हुनेछ । चीन, भारत, मेक्सिको र फिलिपिन्सका सन्दर्भमा भने फरक प्राथमिकता मिति तय गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com