कपिलवस्तुको बुद्धभुमी नगरपालिका ६ महुवाको बैरिहवाकी एक महिलाको सोमवार घरभित्रै जलेर मृत्यु भएको छ। माइती पक्षले जलाएर उनको हत्या गरिएको आरोप लगाएका छन्।
२२ बर्षिया शीला नाउलाई उनकै श्रीमान जगदीश नाउ, ससुरा भिखी नाउ र सासु बासमतीले जलाएर मारेको मृतकका बुवा बिष्णु नाउले बताए । सोमवार राति ११ बजेतिर शीला आफ्नो कोठामा जलेर गम्भीर घाइते अवस्थामा फेला परेकी थिइन् ।
कपिलवस्तु नगरपालिका ५ श्रीरामपुरका विष्णुले घाटी च्यापेर छोरीको हत्या गरेपछि तीनै जनाले मिलेर शरीरमा मट्टितेल छर्केर जलाएकोे आरोप लगाए। ‘छोरी र ज्वाइँबीच झगडा भइरहन्थ्यो, मलाई खबर पनि आउँथ्यो । तर त्यत्रो घटना हुँदा पनि मलाई कसैले जानकारी गराएन’, उनले भने ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।