चार जिल्लामा ज्ञान बहादुर शाहीलाई प्रवेश निषेध !


प्रकाशित मिति : आश्विन १, २०७६ बुधबार

आफूलाई भ्रष्टाचार विरोधी नागरिक अभियन्ता भन्ने ज्ञान बहादुर शाही (ज्ञानेन्द्र शाही)लाई सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भ्रातृ सङ्गठनले दाङ प्रवेशमा पनि निषेध गरेको छ ।

वाइसिएल दाङका इन्चार्ज सरोज पन्त र जिल्ला अध्यक्ष खगेश्वर घर्ती ‘बादल’ ले विज्ञप्ति निकालेर शाहीलाई दाङ प्रवेशमा निषेध गरिएको जनकारी दिएका छन् । यसभन्दा अघि नेकपाका भ्रातृ संगठनहरुले शाहीलाई कास्की र धनुषा प्रवेश निषेध गरी सकेको छ ।

नेकपाका स्थायी समिति सदस्य एवं संस्कृति तथा पर्यटन उड्डयन मन्त्री योगेश भट्टराईमाथि नेपालगन्ज विमानस्थलमा भएको दुर्व्यवहार गणतन्त्र र परिवर्तन विरोधी भएको जारी विज्ञप्तिमा उल्लेख छ ।

‘स्वतन्त्र समूहको नाममा राजावादीको पैसा खाएर मुलुकमा अस्थिरता पैदा गर्न खोज्ने ज्ञानबहादुर शाहीहरू जस्ता प्रतिगामी तत्त्वहरूलाई राष्ट्रिय युवा सङ्घ नेपालले जस्तो सुकै हालतमा पनि प्रतिकार गर्ने कुरा अवगत गराउन चाहन्छौँ । साथै ज्ञानबहादुर शाही लगाएताका प्रतिगामी तत्त्वहरूलाई दाङ जिल्ला प्रवेशमा निषेध गरिएको छ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शनिबार नेपालगञ्बाट काठमाडौं आउनेक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका कारण उडानमा एक घण्टा ढिलाई भएको भन्दै शाही लगायतका समुहले गाली गलौज गरेका थिए ।

सोही बिषयमा मन्त्री भट्टराईले आफ्नो कारणले जहाज १५ मिनेट मात्रै ढिलो भएको स्पष्टीकरणमा भनेका छन् । साथै उनले माफी पनि मागिसकेका छन् ।

शाहीले मन्त्री भट्टराईले दिएको स्पष्टिकरणको खण्डन गर्न आइतबार आयोजित पत्रकार सम्मेलन कार्यक्रममा प्रश्न सोध्ने र उत्तर दिनेबीच झडप समेत भएको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com