७९ प्रतिशत नेपालीको क्यानडाको विद्यार्थी भिसा रिजेक्ट


प्रकाशित मिति : भाद्र २९, २०७६ आईतबार

क्यानडाले अधिकांश नेपालीहरुको विद्यार्थी भिसा रिजेक्ट गरेको तथ्यांक सार्वजनिक भएको छ । यो बर्षको जनवरी १ देखि मे ३१ सम्मको अवधिमा ७९ प्रतिशत नेपाली आवेदकले क्यानडामा अध्ययनका लागि दिएको भिसा आवेदन अस्वीकृत गरिएको आईआरसीसीको तथ्यांकले देखाएको छ ।

यो अवधिमा विश्वमा टप २५ देशहरुमध्ये नेपालीहरुको भिसा अस्वीकृत दर उच्च रहेको छ । २५ वटा देशको तुलनामा नेपालीहरु पाँचौं नम्बरमा रहेका छन् । सबैभन्दा भिसा अस्वीकृत हुने देशहरुमा अफिक्री देशहरु क्यामरुन, नाइजेरिया र अल्जेरिया रहेका छन् । त्यसपछि पाकिस्तान रहेको छ ।

जापानिज र कोरियनहरुको भने जम्मा ४ प्रतिशतको विद्यार्थी भिसा अस्वीकृत भएको छ । जम्मा ३६ प्रतिशत भारतीय आवेदकको क्यानडाको विद्यार्थी भिसा अस्वीकृत भएको छ भने नेपालीहरुको तुलनामा बंगालादेशीको भिसा स्वीकृत दर बढी रहेको छ ।

सन् २०१८ मा कुल आवेदकमध्ये ७४ प्रतिशत नेपालीहरुको क्यानडाको विद्यार्थी भिसा अस्वीकृत भएको थियो । अर्थात् गत बर्ष कुल आवेदकमध्ये जम्म २६ प्रतिशतले क्यानडाको भिसा पाएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com