क्यालिफोर्नियामा ग्लोबल नेपाली पेशागत सम्मेलन, पहिलोपटक ‘नेतृत्वमा महिला’ विषयक छलफल


प्रकाशित मिति : भाद्र २९, २०७६ आईतबार

आगामी सेप्टेम्बर २१ मा अमेरिकाको क्यालिफोर्नियामा ग्लोबल नेपाली पेशागत सम्मेलन हुने भएको छ । यो सम्मेलन विश्वभरका पेशाकर्मीहरुबीच सम्बन्ध कायम राख्न कोशेढुंगा सावित हुने अपेक्षा आयोजकको छ ।

सेलिब्रेटी बास्तुकार जोन पिकार्ड प्रमुख वक्ता रहेको उक्त सम्मेलनमा नेपालको पछिल्लो हरित प्रविधि नीतिबारे सम्बोधन गरिने जनाइएको छ । कार्यक्रममा इमिग्रेशन, प्रविधि, बित्त लगायतका विषयमा बोल्ने अन्य अन्तर्राष्ट्रिय वक्ताहरु समेत रहेका छन् ।

सम्मेलनमा पहिलोपटक नेतृत्वमा महिला विषयक छलफल कार्यक्रम समेत गरिने भएको छ । उक्त छलफलमा पेशागत महिलाहरुले समुदायमा भोग्नुपरेका अवरोधबारे सम्बोधन गरिने आयोजकले जानकारी दिएका छन् ।

ग्लोबल नेपाली पेशागत सम्मेलन जीएनपीएन सन् २००७ मा दर्ता भएको गैरनाफामुलक संस्था हो । हरेक बर्ष सम्मेलन गर्दै आएको यो संस्थाको यसपटकको सम्मेलनको चेयर रुपेश सिंखडाले गर्दैछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गतर्षको सम्मेलनको तस्वीर

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com