अमेरिकाको बाल्टिमोरमा ३७ बर्षका कपिल पौडेल ओछ्यानमा भेटिए मृत


प्रकाशित मिति : भाद्र २७, २०७६ शुक्रबार

अमेरिकाको बाल्टिमोरमा ३७ बर्षका कपिल पौडेल मृत अवस्थामा भेटिएका छन् । आत्महत्याको आशंका गरिएपनि मृत्युको कारणबारे अहिलेसम्म औपचारिक रुपमा केही बताइएको छैन ।

बालाजु स्थायी घर भएका पौडेल लामो समयदेखि बाल्टिमोरस्थित ओइङ्ग मिल्समा बस्दै आएका थिए।उनी अमेरिकी समयअनुसार कामबाट बुधबार बिहानै घर फर्केका थिए।

उनलाई ओछ्यानमा मृत भेटिएको थियो। साथीहरूले खबर गरेपछि प्रहरीले तत्काल पोष्टमार्टमका लागि उनको शव लिएर गएको थियो।

उनको अर्कोसाता बाल्टिमोरमा नै अन्तिम संस्कार गरिने भएको छ । कृष्णचन्द्र र शर्मिला पौडेलका कान्छा छोरा कपिल विवाहित हुन् ।

उनले केहीसमय अगाडिमात्र विवाह गरेको र उनकी पत्नी निशा नेपालमै रहेको जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com