भ्रष्टाचारविरोधी अभियानमा सहयोग गर्न संयुक्त राष्ट्रसंघले एलसाल्भाडोरमा मिसन पठाउने


प्रकाशित मिति : भाद्र २७, २०७६ शुक्रबार

सिन्ह्वा/ संयुक्त राष्ट्रसंघले एल साल्भाडोरमा अनुगमन मिसन खटाउने भएको छ । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसले सो जानकारी दिनुभएको हो ।
एल साल्भाडोरको सरकारले त्यस देशमा भ्रष्टाचारविरोधी अभियान सञ्चालन गरेको छ । सो अभियानलाई सहयोग गर्न संयुक्त राष्ट्रसंघले उक्त अनुगमन समूह त्यहाँ पठाउन लागेको हो ।

मध्य अमेरिकी देश एल साल्भाडोरले आफूले चालेको भ्रष्टाचारविरोधी अभियानलाई सघाउन र त्यहाँको दण्डहीनताको अवस्थाको निराकरण गर्नका लागि सो मिसनको खटाइदिन आग्रह गरेको थियो ।
सोही आग्रहबमोजिम नै उक्त मिसन पठाउन लागिएको महासचिव एन्टोनियो गुटरेसले सो जानकारी दिनुभएको छ । यो अन्तर्राष्ट्रिय स्तरको र मान्यताप्राप्त मिसन हुने बताइएको छ ।

पत्रकार सम्मेलनका क्रममा महासचिव गुटरेसले सो मिसन पठाउन लागेको जानकारी दिनुभयो । उहाँले एल साल्भाडोरको सरकारले गरेको अनुरोधका कारण त्यहाँ मिसन पठाउन लागिएको बताउनुभयो ।
उहाँले बिहीबार मात्र एल साल्भाडोरका उपराष्ट्रपति फेलिक्स उल्लोआसँग भेटवार्ता गर्नुभएको थियो । सो भेटपछि एल साल्भाडोर सरकारले अघि सारेको अभियानलाई सघाउन राष्ट्रसंघका प्राविधिक व्यक्तिहरु सम्मिलित उक्त मिसन पठाइने भएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त देशका छिमेकी देशहरु ग्वाटेमाला र होन्डुरसमा पनि यसअघि देखि नै संयुक्त राष्ट्रसंघका मिसनहरु राखिएको छ । त्यस्तै खालको अन्तर्राष्ट्रिय मिसन स्थापना गरिदिन उक्त देशले राष्ट्रसंघलाई अनुरोध गर्दै आएको थियो ।
तर ग्वाटेमालामा भने यही सेप्टेम्बर ३ देखि राष्ट्रुसंघीय मिसनको अन्त्य भएको बताइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com