आणविक उर्जा केन्द्र खारेज गर्ने वातावरण मन्त्रीको भनाई


प्रकाशित मिति : भाद्र २६, २०७६ बिहीबार

एएफपी/ जापानका नव नियुक्ति वातावरण मन्त्री शिन्जिरो कोइजुमीले जापानका आणविक उर्जा केन्द्रहरु खारेज गर्ने धारणा राख्नुभएको छ ।

जापानका प्रधानमन्त्री शिन्जो आबेले बुधबार गर्नुभएको मन्त्रिपरिषद हेरफेरपछि उहाँ वातावरण मन्त्रीमा नियुक्ति हुनुभएको थियो । ३८ वर्षीय शिन्जिरो पूर्व प्रधानमन्त्री जुनिचिरो कोइजुमीका छोरा हुनुहन्छ ।

शिन्जिरो दोस्रो विश्वयुद्धको अन्त्य भएदेखि जापानको मन्त्रिपरिषदमा नियुक्त भएका तेस्रो कान्छो मन्त्री हुनुहुन्छ । बुधवार राती गरेको एक सम्बोधनको क्रममा उहाँंले जापानका आणविक उर्जा उत्पादन केन्द्रहरु खारेज गर्नेतर्फ आफ्नो धारणा राख्नुभएको हो ।

आणविक उर्जाको बारेमा सरकारले गरेको योजनाको बारेमा पत्रकारहरुले सोधेका प्रश्नको जवाफमा उहाँले आणविक उर्जा केन्द्रको खारेजीको प्रसंग उल्लेख गर्नुभएको हो ।

देशमा सन् २०११ मा आणविक दुर्घटना भइसकेको र अब हुन नदिने पनि उहाँले बताउनुभयो । यदि यी केन्द्रहरुलाई राखियो भने हामी ध्वस्त हुनेछौँ, उहाँले भन्नुभयो ।
–––

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com