पुलसम्म पुग्न अर्को पुल !


प्रकाशित मिति : भाद्र २६, २०७६ बिहीबार

राप्ती नदीमा पुल छ तर मानिस त्यसको प्रयोग गर्दैन । बगरै बगर हिँडेर मूल बाटो पुग्न उनीहरुलाई सहज लाग्छ । बगरको बीचमा टापुजस्तै टुक्रुक्क रहेको पुलबाट न सडसम्म पुगिन्छ न त्यहाँसम्म आउजाउ गर्न नै सजिलो छ ।

अपायक हुनाले बाँकेस्थित राप्तीसोनारी गाउँपालिका–६ मा रहेको ५० मिटर लामो त्यो पुल प्रयोगमा नआएको हो । पुल प्रयोग गर्न त्यहाँसम्म पुग्न अर्को पुल चाहिने स्थानीय बताउँछन् ।

०७१ असार २५ गते सुरु भइ २०७६ जेठ ३० गते सम्पन्न भएको भनिएको उक्त पुलको लागत ४ करोड १२ लाख रुपैयाँ छ । पुल निर्माण कार्य ७३ प्रतिशत मात्रै  सकिएको छ । खोलाको बहाव परिवर्तन भएपछि पुल प्रयोगविहीन बनेको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com