एनआरएनए अमेरिका न्यूजर्सी च्याप्टर कार्यसमितिलाई पदभार ग्रहण


प्रकाशित मिति : भाद्र २५, २०७६ बुधबार

एनआरएनए अमेरिका न्यूजर्सी च्याप्टर २०१९-२०२१ का लागि निर्वाचित कार्यसमितिलाई शपथ ग्रहण गराइएको छ । दोश्रो कार्यकालका लागि निर्विरोध निर्वाचित अध्यक्ष समरबहादुर बुढाथोकी लगायत पदाधिकारी, सदस्यहरुलाई एनआरएनए अमेरिका उत्तर पूर्व क्षेत्रिय उपाध्यक्ष बिआर लामाले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

च्याप्टर अध्यक्ष बुढाथोकीको अध्यक्षतमा भएको कार्यक्रममा एनआरएनए अमेरिका पूर्व अध्यक्ष खगेन्द्र जिसी, प्रमुख निर्वाचन आयुक्त विश्व बराल, एनआरएनए अमेरिका पूर्व सल्लाहकार एम अधिकारी, वर्तमान सल्लाहकार सतेन्द्र साह, वुमन फर कजका पूर्व अध्यक्ष रेणु सापकोटा, एनआरएनए अमेरिका पूर्व उपाध्यक्ष श्री पराजुली, एनआरएनए अमेरिका न्यूयोर्क च्याप्टर अध्यक्ष रामहरी अधिकारी, न्यूजर्सी मेयर सल्लाहकार बिष्णुमाया परियार लगायतले निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए ।

कार्यक्रममा एनआरएनए अमेरिका न्यूजर्सी उपाध्यक्ष नम्रता बराल, महिला संयोजक सुष्मा अर्याल, सचिव कृष्णराज सुवेदी, कोषाध्यक्ष खड्गबहादुर पुलामी, युवा संयोजक आयुष अधिकारी, बोर्ड सदस्यहरु कमल कोइराला, शिव अगान्जा, सुर्य मोहन तिवारी, लक्ष्मी शेरचन, शेखर पौडेलले पद तथा गोपनियताको शपथ लिएका थिए ।

निर्वाचित कार्यसमितिले खगेन्द्र जिसी, विश्व बराल, श्री पराजुली, एम अधिकारी, बिष्णुमाया परियार र संजिव श्रेष्ठलाई सल्लाहकार चयन गरेको च्याप्टर सचिव कृष्णराज सुवेदीले जानकारी दिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com